यी हुन् रुपन्देही कांग्रेसले सिफारिस गरेका उम्मेदवार ! - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

यी हुन् रुपन्देही कांग्रेसले सिफारिस गरेका उम्मेदवार !



वुटवल, असोज २३ ।

नेपाली कांग्रेस रुपन्देहीले प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ ।

आइतबार र सोमबार गारी दुई दिनसम्म चलेको बैठकले रुपेन्देहीको क्षेत्र नं. १ बाट पार्टी जिल्ला सभापति तथा सरसफाई राजयमन्त्री अब्दुल रज्जाक, क्षेत्र नंं. २ बाट महासमिति सदस्य युवराज गिरी, खेलराज पाण्डे र गोकर्ण पौडेलको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, ३ बाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँण र पूर्वमन्त्री रामकृष्ण ताम्राकार, ४ बाट महासमिति सदस्य अष्टभुजा पाठक र प्रमोद यादव र क्षेत्र नं. ५ बाट भरतकुमार शाहको नाम केन्द्रमा सिफारिस गरेको कांग्रेसले जनाएको छ ।

प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिक र प्रतिनिधि सभाको समानुपातिकका लागि २ सय जना भन्दा पनि बढीको नाम सिफारिस गरिएको बताइएको छ ।