यि हुन् माओवादीबाट मुख्यमन्त्रीका दाबेदार - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

यि हुन् माओवादीबाट मुख्यमन्त्रीका दाबेदार



काठमाडौं ।। नेकपा एमालेसंग ६०/४० काे हिसावकिताव गरिरहेकाे नेकपा माअाेवादी केन्द्रबाट मुख्यमन्त्रीमा दावी गर्ने दुइ वटा प्रदेश छन् । २ वटा प्रदेशको मुख्यमन्त्री दाबी गरिरहेको माओवादीले मुख्यमन्त्री चयनको प्रक्रिया टुंगो लगाएको छैन ।

सम्भवतः माथिबाटै मुख्यमन्त्रीको उम्मेदवार तोकिने र तल औपचारिकतामात्र पूरा हुने माओवादीका प्रभावशाली नेताले बताएका छन् । माओवादी केन्द्रले प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्री दाबी गरिरहेकाे स्राेतकाे दावी छ ।

प्रदेश नम्बर ६ बाट मुख्यमन्त्रीमा महेन्द्रवहादुर शाहीलगभग पक्का हुने एक नेताले बताए । माअाेवादी बाटै नरेश भण्डारीको पनि दावी छ । सिनियारिटीकाे अाधारमा हेर्दा महेन्द्र बहादुर शाहीकै पाेल्टामा मुख्यमन्त्रीकाे कुर्सी पर्ने देखिएकाे छ । एमालेका प्रदेश नेताहरले मुख्यमन्त्रीको दाबी गरेपनि माअाेवादीकाे भागमा पर्ने भएकाले दावी नगर्न एमाले नेतृत्वले प्रदेश नेताहरूलाइ सुझाएका छन् ।

प्रदेश नम्बर ७ बाट मुख्यमन्त्रीका लागि माओवादीका वीरमान चौधरी र झपट बोहोराको नाम चर्चामा छ । थारु समुदायको भएका कारण चौधरीको सम्भावना बढी छ । त्यो भएको खण्डमा प्रदेश १ मा राई, २ मा मधेसी, ३ मा महिला नेवार, ४ मा गुरुङ, ५ र ६ मा खसआर्य र ७ मा थारु मुख्यमन्त्री हुने र समावेशिता देखिने तर्क राजनीतिमा गरिएको छ ।

प्रदेश २ मा

उता मधेसवादी गठबन्धनको बहुमत रहेको प्रदेश २ मा मुख्यमन्त्रीका लागि संघीय समाजवादी फोरमबाट मात्रै तीनजना दाबेदार देखिएका छन् । लालबाबु राउत, शैलेन्द्र साह र बिजय शाहमध्ये एक मुख्यमन्त्री बन्ने बताइएको छ ।

यद्यपि सो प्रदेशमा राजपाको पनि दाबी छ । राजपाबाट जितेन्द्र सोनाल र मनिष सुमन मुख्यमन्त्रीका दाबेदार हुन् । तर, प्रदेशसभामा फोरम ठूलो पार्टी भएका कारण राजपाको दाबी कमजोर देखिएको छ । अन्य प्रदेशमा भने वाम गठमन्धनकै मुख्यमन्त्री हुनेछन् । तर काँग्रेस भने मुख्यमन्त्रीबाट वन्चित हुने देखिएकाे छ ।