यी हुन पूर्वमाओवादीबाट स्थायी समितिमा रहने नेताहरु - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

यी हुन पूर्वमाओवादीबाट स्थायी समितिमा रहने नेताहरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्यका लागि पूर्वमाओवादीबाट १९ जना नेता छनाैट भएका छन् । तत्कालिन एमालेको कोटाबाट २६ र माओवादीको कोटाबाट १९ गरी ४५ सदस्यीय स्थायी समितिमा पूर्वमाओवादीले आफ्नो कोटामा परेका नेताहरुको टुंगो लगाएको हो ।

नेपाल कम्युनिष्ट पार्टीले ४४१ केन्द्रीय सदस्यको टुंगो लगाएपनि नाम सार्वजनिक गरेको छैन । निर्वाचन आयोगले नामावली प्रकाशित गरेपछि नै उक्त नामहरु सार्वजनिक हुनेछन् ।

पूर्वमाओवादीबाट स्थायी समितिमा रहने नेताहरु

१. क. पुष्पकमल दाहाल ‘प्रचण्ड’
२. क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
३. क. रामबहादुर थापा ‘बादल’
४. क. अमिक शेरचन
५. क. देवप्रसाद गुरूङ ‘कान्छाबहादुर’
६. क. टोपबहादुर रायमाझी ‘अनिल’
७. क. गीरिराजमणि पोखरेल ‘पियुष’
८. क. वर्षमान पुन ‘अनन्त’
९. क. हरिबोल गजुरेल ‘शित्तलकुमार’
१०. क. अग्निप्रसाद सापकोटा ‘कञ्चन’
११. क. पम्फा भुसाल ‘विद्युत’
१२. क. मातृका यादव
१३. क. जनार्दन शर्मा ‘प्रभाकर’
१४. क. शक्तिबहादुर बस्नेत ‘सुरेशसिंह’
१५. क. लेखराज भट्ट
१६. क. तिलक परियार
१७. क. मणि थापा
१८. क. जयपुरी घर्ती
१९. क. देवेन्द्र पौडेल