६६ यात्रीको ज्यान जोगाउने यति एयरका ती पाइलट

हिमालपोस्ट/काठमाडौँ –
अवतरणका क्रममा धावनमार्गमा यति एयरलाइन्सको जहाज चिप्लियो र ठूलो दुर्घटनाबाट बच्यो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको त्यो घटना शुक्रबार बिहानको हो ।
चिप्लिएको यति एयरलाइन्सको जहाजमा ६६ यात्री सवार थिए । नेपालगञ्जबाट काठमाडौँ आएको जहाज खराब मौसमका कारण चिप्लिएको बताइएको छ ।
जहाज अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर कोल्टिन पुग्यो । यात्रुहरू चिच्याए, अत्तालिए त्यस क्रममा दुई यात्रु सामान्य घाइते भए पनि बाँकी सकुशल छन् । सो क्रममा पाइलटले निकै होसियारी अपनाएको जनाइएको छ ।
पाइटलको सावधानीका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको यति एयरले जनाएको छ ।
(फाइल तस्बिर)

