यस्तो फोटो सेयर गरेपछि जागिर चट् - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यस्तो फोटो सेयर गरेपछि जागिर चट्



बीबीसी

इन्स्टाग्राममा फोटो सेयर गरिरहेका बेला भिक्टोरियालाई अन्दाज थिएन कि उक्त फोटोले  उनको जागिर खोस्नेछ ।

२६ वर्षीया भिक्टोरिया रुसको ओम्स्कको एक स्कूलमा पढाउँथिन् । केही दिन अघि उनले इन्स्टाग्राममा आफ्नो फोटो सेयर गरेकी थिइन् जसमा उनले स्विमसुट लगाएकी थिइन् । यो फोटोका कारण उनलाई जागिरबाट निकालियो ।

विद्यालयलाई उद्धृत गर्दै साइबेरियन टाइम्सले लेखेको छ, ‘यस्तो गरेर भिक्टोरियाले स्कूल र शिक्षण पेशालाई अपमानित गरेकी छिन् ।’

तर अब सोसल मिडियाका धेरैजसो प्रयोगकर्ता उनको समर्थनमा उत्रिएका छन् ।

करिब तीन हजार महिलाले स्विमसुट लगाएर फोटो सेयर गरिसकेका छन् र भिक्टोरियाको बर्खास्तीको विरोध गरिरहेका छन् । यो विरोधका लागि ३तभबअजभचकबचभउभयउभितयय  (शिक्षक पनि मानिस हो) प्रयोग गरिँदै छ ।

यो पागलपन कहिले बन्द हुनेछ ?

धेरैजसोले यो निर्णयको विरोध गरिरहेका छन् । भिक्टोरियाले मानिसहरुको निकै समर्थन पाइरहेकी छिन् । एक व्यक्तिले इन्टरनेटमा आफ्नो प्रतिक्रिया दिँदै लेखेकी छिन्, ‘यो पूर्ण रुपमा देखावटी हो । यस्तो गर्नु मुर्खता हो र निकै अपमानजनक पनि ।’

अर्की महिलाले लेखिन्, ‘हामी शिक्षक हौं तर मानिस पनि हौं । स्कूल बाहिर वा सोसल मिडियामा अलग देख्न पाउनु हाम्रो पनि अधिकारको कुरा हो ।’

अन्य महिलाले यो निर्णयलाई पूर्ण रुपमा मूर्खता बताएकी छिन् । एक इन्स्टाग्राम प्रयोगकर्ताले भिक्टोरियालाई समर्थन गर्न आग्रह गरेकी छिन् ।

यस्तो कुनै नियम छैनः

सबैजनाले भिक्टोरियाको समर्थन गरिरहेका छन् भन्ने होइन । धेरैजसाले यसलाई गलत पनि मानेका छन् । मानिसहरुले ‘पर्सनल स्पेसको कुरा गरेर जे पायो त्यहि गर्न नपाउने’ भनिरहेका छन् ।

यस्तै, आफूलाई शिक्षिका बताउने एक महिला भन्छिन्, ‘यसमा कुनै शंका छैन, सबैको आ–आफ्नै नीजि जीवन हुन्छ । तर मानिस हो भन्दैमा कुनै शिक्षिकाले विद्यालय पछाडि गएर रक्सी पिएको हेर्न सक्नुहुन्छ ?’

शिक्षिका हुन् कि मोडल ?

स्विमसुटमा शिक्षिकाको तस्बिर भाइरल भएपछि ओम्स्क प्रान्तको सरकारले भिक्टोरिया काममा फर्किन सक्ने घोषणा गरेको छ ।

सरकारले ‘भिक्टोरियाको भविष्यको निर्णय भइसकेको छ । उनले त्यही स्कूलमा पढाउने वा अन्यमा जानेबारे निर्णय गर्नु सक्छिन् ’ भनेको छ ।

रुसको एक मोडलिङ एजेन्सी प्लस साइज ओम्स्कले भिक्टोरियासँग सम्पर्क गरेर उनलाई मोडलिङको अफर पनि दिएको छ ।