यस्तो छ प्रदेश नं ७ को उत्कृष्ट लोगो , संसद बैठकद्बारा पारित - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

यस्तो छ प्रदेश नं ७ को उत्कृष्ट लोगो , संसद बैठकद्बारा पारित



धनगढी ,कैलाली । ७ नं प्रदेशको लोगो निर्धारणका लागि मस्यौदा समितिले सार्वजनिक सूचना प्रकाशित गरेर उत्कृष्ट लोगो बनाउनेलाई पुरस्कार दिने घोषणा गरेसङ्गै प्रदेश ७ को लोगो निर्धारण भएको छ ।

आइतबार बसेको प्रदेशसभाको ११ औँ बैठकले यस प्रदेशको उक्त लोगो निर्धारण गरेको हो ।

लोगो निर्धारण समितिका संयोजक एमाले सांसद बलदेव रेग्मीका अनुसार पत्रीकामा सूचना प्रकाशित गरेर लोगोको नमुना संकलन गरिएको बताए । रेग्मीका अनुसार निर्धारीत समयमा ५ वटा नमुना लोगोहरु समितिलाई प्राप्त भएका थिए ।

जसमध्य एउटा नमुना लोगोलाई समितिले संसदमा सिफारिस गरेको हो । उक्त लोगोलाई संसद बैठकले सर्वसम्मत रुपमा पारित गरेको छ । लोगोको माथी सेतो र निलो रंगमा अपि र सैपाल हिमाल चित्रण गरिएको छ । त्यस भन्दा तल पहाड र त्यसपछि तराई अंकित गरिएको छ । ९ वटा लालीगुराँसलाई प्रदेशका ९ वटा जिल्ला मानेर लोगोलाई गोलाकारमा भित्र राखिएको छ ।