यस पालिको तीज विन्दास पाराले मनाउने भए गायक रोशन सिहं र मोडल रिना थापा मगरले हेर्नोस (भिडियो सहित) - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

यस पालिको तीज विन्दास पाराले मनाउने भए गायक रोशन सिहं र मोडल रिना थापा मगरले हेर्नोस (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली हिन्दु नारीहरूको महान् चांड हारितालिका तीज नजिकिँदै गर्दा बजारमा दिनहुँजसो थुप्रै तीज गीतहरू आउने क्रममा फेरि अर्को छुट्टै स्वादको अडियो र भिडियो सहितको तीज गीत “मरक्कै कम्बर भाच मायालु “ हालै मात्र सार्वजनिक भएको छ ।

गीतकार प्रेम सागर पौडेलको शब्द, गायक रोशन सिंह को सङ्गीत,कृष्ण बि .कको एरेञ्ज र नव गायिका प्राप्ति पौडेल र रोशन सिंहको आवाजमा उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

रक्षा म्युजिकको प्रस्तुतिमा रहेको सो गीतको भिडियो निर्देशन बब्बुले, छायाङ्कन ज्ञानेन्द्र शर्मा र सम्पादन मिलन बि. क. ले गरेका छन् । रिना थापा मगर/ रोशन सिंहको धमाकेदार नृत्य तथा अभिनय भिडियोमा देख्न सकिन्छ ।

https://youtu.be/Zomk13KoU28