यसकारण विवेकशील फरक छ ! - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

यसकारण विवेकशील फरक छ !



दस व्यक्ति एक प्रश्न

कहिले २१ वर्षकी रञ्जु दर्शनाको कारणले, कहिले राप्रपाको फोहर सफा गरेको कारणले, कहिले डा.गोविन्द के सीको कारणले त कहिले नामको कारणले अहिले चर्चामा रहेको विवेकशीलदलका केही समर्थकहरुसंग सोधेका थियौँ “तपाईँहरूको पार्टी कसरी फरक?” भनेर  !आउनुहोस् हेरौं उनीहरुकै शब्दमा विवेकशिल कसरी फरक ?

प्रस्तुति:किंग खनाल

गोविन्द नारायण (निर्देशक समिति सदस्य ):सिद्धान्त भन्दा सुसंस्कारको राजनीति गर्छौँ तर फुल टाइमर राजनीति गर्दैनौँ, यो पार्टीमा झोले कार्यकर्ता छैनन् राष्ट्र निर्माणको लागि आफ्नो क्षेत्रमा इमान्दारिता र सक्षमता प्रदर्शन गर्न सक्ने जमात छ त्यसैले यो पार्टी फरक छ ।

मिलन पाण्डे (केन्द्रीय ब्याबस्थापिका प्रमुख ):तीन कुरा छन्
१ यो पार्टी मूल्य मान्तताले चल्ने पार्टी हो, अरू पार्टी सिद्धान्तले चलेका छन् त्यो भन्दा पहिला मूल्य मान्यता आउनुपर्छ
२ सम्रचना नै कार्यपालिका ब्याबस्थापिका र न्यायपालिका बाट सुरु भएको छ जसले पार्टीलाई सन्तुलन र नियन्त्रण गर्न मद्घत गर्छ
३ प्रशिक्षणमा बढी समय दिन्छ यो दलले जिम्मेवार नागरिक र जवाफदेही नेतृत्व बन्न प्रेरित गर्छौँ

ज्ञानेन्द्र निरौला (केन्द्रीय सदस्य):विवेकशिल नेपाली दल अरू भन्दा पृथक् दल हो किन कि हाम्रा अभियान फरक छन्, हाम्रा विरोध शैली फरक छन् समग्रमा हामीसँग देश हाँक्ने योजना फरक छ ।

(पुकार बम केन्द्रीय कार्यपालिका प्रमुख):मूल्य मान्यता, पारदर्शिता, जनता सम्म पुर्‍याउने मेकानिजम यो पार्टीका मेरूदन्ड हुन, सिइयो र कर्मचारीहरू प्रशिक्षित हायर गरेका छौँ जसले ब्याबस्थापना गर्न मद्दत गर्छ, लिडरहरु बोल्न लेख्न सक्छन् तर ब्याबस्थापन अरूले गर्ने हो भने त्यस्को सुन्दरतामा फरक पर्छ यो चाँही नेपालमै नबिनतम प्रयोग हो। मुख्य त हामी हरेक काम विवेकशिल तरिकाले गर्छौँ यसैले हामी पृथक् छौँ ।

रञ्जु दर्शना (केन्द्रीय सदस्य मेयरको प्रत्यासी का म न पा):साथीत्व जस्तै राजनीति, व्यावहारिक संरचना, मूल्य मान्यताको राजिनिती यो नै प्रिथकता हो। जसले भोलि कामा गर्न शाहज बनाउछ, जहाँ हाम्रो भन्दा राम्रोले मौका पाउँछ, जहाँँ पारदर्शिता हुन्छ, जसले नयाँ पुस्ताको लागि विकासको राजनीति गर्छ त्यो विवेकशिल दल हो । र विवेकशीलयसकारण फरक छ ।

खेम श्रेष्ठ (केन्द्रीय सदस्य):कल्पना गरौँ नेपालमा एउटा पार्टी सिद्धान्त र व्यवहार एउटै गर्छ, हो त्यै हो विवेकशिल दल, जो नेपालका ऐले सम्मका अरू कुनै पार्टीमा छैन । यो सबै भन्दा फरक पार्ने कुरा हो

अनिल काफ्ले (जिल्ला अध्यक्ष, रुपन्देही):बिनम्रता, पारदर्शिता, निष्ठा, साहस, समानुभुती र उत्क्रिष्ठता यो पार्टीका मूल्य मान्यता हुन, हरेक सदस्यले यही मूल्य मान्यतामा रहेर व्यक्तिगत देखी सामाजिक जीवनसम्म अंगाल्नु हुन्छ । अर्को चैँ पार्टीको संरचना नै कार्यपालिका न्यायपालिका र ब्याबस्थापिका बनाइेको छ । यी आँफैमा स्वायत्त निकाय हुन कार्ययोजना बनाउन, ब्याबस्थापन गर्न र न्याय दिन, डण्दित गर्न अभ्यास पनि हुन्छ र राज्यको नेतृत्वमा पुग्दा काम गर्न सजिलो हुन्छ त्यसैले विवेकशिल नेपाली फरक दल हो ।

पिताम्बर घिमिरे (जिल्ला अध्यक्ष, मोरङ):युवालाई राजनीतिमा आकर्षण गर्न सफल छौँ, काम गर्नेको कदर गरिन्छ, प्रविधिलाई प्रयोग गरेर पारदर्शिता अपनाएका छौँ, सबै गतिविधिलाई अनलाइनबाटै जानकारी दिन्छौं। अर्को ठुलो कुरा जवाफदेहिता हाम्रो नेत्रित्वसंग प्रशस्त छ, देशलाई सम्रिद्व बनाउछु भनेर लाग्नेले मात्र यो पार्टीमा टिक्न सक्छ

निरोज पुडासैनी (व्यवस्थापिका प्रमुख, बारा जिल्ला):आय ब्याय देखी राजनीति सम्मा पारदर्शिता छ हामीसँग जो अन्य पार्टीले देखाउन सकेका छैनन्, वेब मार्फत सबैकुराको जानकारी लिना सक्ने व्यवस्था छ, जब कुनै दल पारदर्शी हुन्छ धेरै फरक पर्छ ।

सुवास सुबेदी (कार्यपालिका प्रमुख झापा):राजनीति गर्नुपर्ने जनता र देशको लागि हो, देश र नागरिक स्वयम नेता र राजनीतिज्ञ पनि पर्छन तर भाईदियो के भने पेसाको राजनीति, व्यापारको राजनीति, त्यसैले राजनीति पेसाको लागि हैन सेवाको लागि हो । राजनीति शासनको लागि हैन विकासको लागि हो। त्यै मूल्य मान्यता अंगिकार गरेका छौँ त्यसैले हामी फरक छौँ ।