एस ओ एस ले लियो बिचल्लीमा परेका चार बालबालिकाको जिम्मा - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

एस ओ एस ले लियो बिचल्लीमा परेका चार बालबालिकाको जिम्मा



विशाल पाण्डेय / कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका- ४ सिम्थरी पश्चिम टोलमा बिचल्लीमा बालबालिकाहरुको उद्बार गरिएको छ । बिचल्लीमा परेका चार बालबालिकालाई एसओएस बालग्राम धनगढीले जिम्मा लिएको हो ।

घोडाघोडी नगरपालिका ४ का वडाध्यक्ष टेकबहादुर बुढा,पत्रकार तथा बालबालिकाका आफन्तहरुको रोबहरमा बुधबार एसओएस बालग्राम धनगढीलाइ बालबालिका जिम्मा लगाइएको हो ।

रोजगारीको सिलसिलामा गत साउन १७ गते भारत गएका ४५ वर्षिय कल्लाने रोकायाको मृत्यु भएपछि उनका ३८ वर्षिय श्रीमती जौमती रोकाया क्यान्सर पीडित बनी सिकिस्त विरामी भएपछि खाना र न्यानो लुगाको अभावमा रोकाया परिवार बिचल्लीमा परेको थियो ।

‘सन्तानको खुसी खोज्न भारत पसेका रोकाया कहिल्यै फर्किएनन् ‘ र ‘जौमतीको परिवारलाई सहयोग जुट्दै, सहयोग गर्न सबैलाई अपिल’ भन्ने शिर्षकमा हिमाल पोस्ट डट कममा समाचार प्रकाशित भएको थियो । हिमाल पोस्ट तथा स्थानीय अन्य मिडियामा समाचार आएपछि एसओसएस बालग्राम पीडितको घरमै पुगी अवस्था बुझेको थियो ।

बालग्राम धनगढीका योजना निर्देशक पदम हमालले घरमै पुगी बालबालिकाको अवस्था बुझ्दा आमा सिकिस्त विरामी भएको र बालबालिकाको शिक्षा , स्वास्थ्य ,खानपिनको समस्या देखिएपछि आफुहरुले जिम्मा लिएको बताए । उनले आफन्त तथा छिमेकीसँग बुझ्दासमेत बालबालिकालाई साहाराको आवश्यक देखिएकोले एस.ओ.एसले लिने निर्णय गरेको बताए ।

त्यस्तै घोडाघोडी नगरपालिका -४ का वडाध्यक्ष टेकबहादुर
बुढाले आमाको इच्छा बमोजिम बालबालिकाको रेखदेखका लागि एस ओ एस को जिम्मा लगाइएको बताए । उनले चार जना बालकलाई एस ओ एस ले जिम्मा लिएपनी हाललाई जेठो छोरा लोकराज भने आमालाई बिसन्चो हुँदा घरमै छोडेको जानकारी दिए । आज ७ बर्षको माइलो छोरा , ४ बर्षकी छोरी र ६ महिनाको बालकलाई एस.ओ एस बालग्राम धनगढीलाई आफै पुगेर जिम्मा लगाएको अध्यक्ष बुढाले बताए ।

आफुहरुले वडाबाट केही खाद्यान्न लगायतका सामानहरु उपलब्ध गराएपनी सम्भव नभएपछि एस ओ एसको जिम्मा लगाएको बताउदै अध्यक्ष बुढाले सरकारले गर्न नसकेको काम गरेकोमा एसओएस बालग्रामलाई धन्यबाद दिदै साहारा विहीन बालबालिकाको अभिभावक बनेर धेरै बालबालिकाको उद्धार गरेको भन्दै एस ओ एस को प्रशंसा गरेका छन् ।