यस कारण मनाउन थालियो टोपी दिवस। - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

यस कारण मनाउन थालियो टोपी दिवस।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

सन २०१४ जनवरी १ तारीक अर्थात् अङ्ग्रेजी नयाँ वर्षकै दिन पारेर प्रथम पटक यस टोपी दिवसका अभियन्ता द्वय डा. लेखनाथ काफ्ले र शङ्कर बन्जाडेले मनाउनका लागि पहल गरेका थिए।नेपाली समाज र समयको माग सँगै टोपी दिवस मनाउन सुरु गरिएको हो भन्दा फरक नपर्ला।२००७ सालमा राणा शासनको अन्त्य भए सँगै उदय भएको प्रजातन्त्रले नेपाली जनतालाई खुसी ल्याएकै थियो।

प्रजातन्त्रले नेपाली जनताको हक र अधिकारलाई सुनिश्चित पनि गरी दियो तर जसको परिणाम पिजडामा थुनिएको चरी झैँ जीवन बिताई रहेका केही जनताहरू र त्यस बखतका राजनीति कर्मीहरू टाठा बाठा भई दिनाले महेन्द्रले फेरी जनताको स्वतन्त्रता र राजनीति दल माथि प्रतिबन्ध लगाउदै निरङ्कुश पंञ्चायति व्यवस्था लादि दिए।३० वर्ष सम्म राज गरेको पंञ्चायति व्यवस्थालाई २०४६ सालको जन आन्दोलनले पाखा लगाउँदै बहुदलीय व्यवस्था ल्याए पश्चात् नेपाली जनताले स्वतन्त्रता पाउँनुका साथै राजनीति दलहरू खुल्ला भए।वर्षा याममा च्याउ उम्रिए सरी राजनीति दलहरू स्थापना भए।जसको परिणाम देशलाई विकासको मार्गमा हिड्नुको साटो बिनाशको मार्ग तर्फ लम्काए।

२०५२ देखि २०६२/६३ सम्म विशाल माओवादी जनयुद्ध भयो।जनयुद्धले देश र जनतालाई तहस नहस गर्नुका साथै २४० वर्ष नेपालमा राज्य गरेका शाह बंशलाई काँग्रेसकै ग्रयाण्ड डिजाइनमा पाखा लगाउदै लोकतन्त्र ल्याए।लोकतन्त्रको पर्याबाची शब्द भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गरे नेपालका राजनीति दल र तिनका नेताहरूले जसका कारण नेपाल हिन्दु राष्ट्रबाट धर्म निरीपेक्ष राष्ट्र भयो भने नेपालका राष्ट्रिय पोशाक,राष्ट्र र राष्ट्रियता झल्काउने सबै चीजहरूलाई हटाउने तर्फ लागि परे।

नेपालका नेताहरूले नेपालीको राष्ट्रिय पोशाक दौरा सुरूवाल टोपी र गुन्यु चोलीलाई हटाएर विदेशी पोशाकमा रम्न थाले।धर्म बेचे,संस्कृति बेच्दै नेपालमा विदेशी धर्म आफू पनि मान्ने र जनतालाई पनि मान्नका लागि विदेशी डलरमा चहल पहल गर्न थाले।यस्ता विविध कारणहरूले गर्दा आज नेपालमा विदेशी हस्तक्षेपले चरम सीमा नाघि सकेको छ।सार्वभौम सम्पन्न राष्ट्र माथि विदेशी हस्तक्षेप हुनु पक्कै पनि राम्रो होइन।

वर्तमान समय सम्म आई पुग्दा ६० लाख भन्दा बढी नेपालीहरू व्यवसाय वा रोजगारका निमित्त विश्वका कुना कुनामा कार्यरत छन्।ती बिदेशीयका नेपाली र स्वदेशमा रहेका नेपालीहरूको पहिचानलाई विश्व समुदाय माझ चिनाउन र जगेर्ना गर्नकै लागि नेपालीको पहिचान दिने ढाका टोपी र भाद गाँउले टोपीलाई विश्वको सर्वोच्च शिखर सगरमाथा सँग तुलना गर्दै टोपी दिवस मनाउन थालेका हुन।

ढाका टोपी दिवसले राष्ट्र र राष्ट्रियताको पहिचानलाई जोगाउनकै लागि विगत चार वर्ष देखि गहन भूमिका निर्वाह गर्दै आई रहेको छ।हामीले हाम्रो रीति रीवाज धर्म संस्कृति र पहिचानलाई जोगाएर आउँने भावी पुस्तालाई हस्तान्तरण गर्न सकेमा त्यो नै उत्तम हुने छ।तसर्थ हामीले हाम्रो पन र राष्ट्रिय पोशाकलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य पनि हो।नेपाली काँहा रहुँला हामी नेपालै नरहे।