वाइसीएलको चेतावनीः पारा देखाउन नपरोस ! - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

वाइसीएलको चेतावनीः पारा देखाउन नपरोस !



काठमाडौं । यातायात व्यवसायीको आन्दोलन पेचिलो बनेको छ । एकातिर सरकारले यातायातको सिन्डिकेट तोड्ने प्रयास र अर्कातिर व्यवसायीहरु पुरानै शैलीमा चल्न पाउनुपर्ने अडानमा ।

यसको मार सर्वसधारणलाई नै पर्ने निश्चित छ । तर सरकारले सार्वजनिक यातायात क्षेत्रको सिन्डकेट खारेज गर्ने गरेको निर्णयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका यातायात व्यवसायीलाई नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलले ठाडो चेतावनी दिएर माहौल अझ तात्ने देखिएको छ ।

केही यातायात व्यवसायी संगठनको नाममा चरणबद्ध आन्दोलन घोषणा भएको र यसले जनजीवनमा असुविधा, अस्तव्यस्तताको सृजना गर्दै आएको भन्दै वाइसीएलको ‘गैर–भूगोल’ प्रदेश (प्रदेश नं १) समितिले खबरदारी गरेको छ ।

विज्ञप्ती जारी गर्दै उसले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता नलिए यसको विरुद्ध सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएको हो ।