सरकारलाई दियो वाइसिएलले साथ ,यातायात व्यावसायीको भागम भाग - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

सरकारलाई दियो वाइसिएलले साथ ,यातायात व्यावसायीको भागम भाग



वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले आज एक संयुक्त विज्ञप्ति प्रकाशित गरी एकाधिकार अन्त्य गर्ने सरकारको घोषणमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

तीव्र आर्थिक विकास र समृद्धिको सपनासहित अघि बढिरहेको मुलुकका लागि कुनै पनि प्रकारको बन्द तथा हडताल स्वीकार्य हुन नसक्ने वाइसिएलले जनाएको छ ।

यातायात क्षेत्रमा सञ्चाचिल सेवा समितिको सिन्डिकेटविरुद्ध सरकारले चालेको कदम रोक्न आयोजित यातायात बन्द असफल बनाउन सबै किसिमका सवारी सञ्चालन गरेर यात्रामा सहयोग गर्न सवारी चालक तथा धनीलाई वाइसिएलले आग्रह गरेको छ ।

वाइसिएलले ग्यारेजमा थन्क्याइएका गाडी सञ्चालनमा ल्याउन र नमान्नेमाथि कारवाही गर्नसमेत सरकारसँग माग गरेको छ । आफूसँग भएका सवारी साधन परिचालन गरी स्वयंसेवा भावनाका साथ सहयोग गर्न पनि वाइसिएलले आग्रह गरेको छ । (रासस)