पत्याउनु हुन्छ ,एउटा राँगाको मूल्य ४० करोड - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पत्याउनु हुन्छ ,एउटा राँगाको मूल्य ४० करोड



काठमाडौं, कात्तिक ११ ।

हरियाणाको झञ्जरमा चलिरहेको पशु मेलामा ल्याइएका मुर्रा नश्लका राँगाभैसीको चर्चा विश्वभर फैलिएको छ ।

गएको तीन दिनदेखि चलिरहेको मेलामा ल्याइएका राँगालगायतका अन्य पशुको मूल्यले विश्वका मंहगा लक्जरियस् गाडीभन्दा बढी छ । एउटै राँगाको मूल्य २० देखि २५ करोड भारतीय रुपैयाँ सुन्दै अचम्म लाग्ने । तर पशुका मालिकहरु त्यत्रो मूल्य पाउँदा पनि आफ्ना राँगा घोडा बेच्न तयार छैनन ।

मेलामा पानीपतबाट ल्याइएको शंहशाह (राँगाको नाम), कुरुक्षेत्रबाट ल्याइएको सम्राट र कैथलवाट ल्याइएको सुल्तानलाई हेर्न मानिसहरुको ठूलो भीड लागेको बताइएको छ ।साथै ती पशुसँग सेल्फी लिनेहरुबीच तछाडमछाड चलेको बताइएको छ ।

सम्राटः मुर्रा नस्लको यो राँगाको उचाई ५ फिट ७ इञ्च छ । यसलाई ग्राहकले २५ करोड भारतीय रुपैया दिदा पनि कुरुक्षेत्रको सुनारियाका कर्मवीरले यसलाई बेच्न चाहिरहेका छैनन ।

ब्लैक गोल्ड शहंशाहः यसका मालिक नरेन्द्रले २५ करोड भारतीय रुपैयाँ पाउँदा पनि बेचिरहेका छन । शहंशाह दैनिक १० लीटर दूध र आधा किलो घ्यू खान्छ ।

सुल्तानः यसको मूल्य २१ करोड छ ।

भास्कर डटकमबाट