यात्रुले माइक्रोका स्टाफलाई कुटेपछी... - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

यात्रुले माइक्रोका स्टाफलाई कुटेपछी…



लोकन्थालीमा माइक्रोबसका चालकलाई कुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीमा बा. २ ख २१७६ नम्बरको माईक्रोबस चालक नयाँठिमी बस्ने २७ वर्षीय बाबुकाजी श्रेष्ठलाई कुटपिट गरेको अभियोगमा मुगु खछ्याङ गाउँपालिका घर भएका २४ वर्षीय राजकुमार सिंह समेत ३ जनालाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त माईक्रोबाट सामान झार्ने क्रममा विवाद हुँदा चालक श्रेष्ठलाई उनीहरुले कुटपिट गरी घाइते बनाएका थिए ।

कुटपिटबाट घाइते भएका श्रेष्ठलाई उपचारको लागि समृद्ध अस्पताल लोकन्थलीबाट थप उपचारको लागि मध्यपुर अस्पताल ठिमी रिफर गरिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।