यात्रुको लगेज फुटाएर चोर्दा चोर्दै त्रिभुवन विमानस्थलका तीन कर्मचारी रंगेहात पक्राउ - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

यात्रुको लगेज फुटाएर चोर्दा चोर्दै त्रिभुवन विमानस्थलका तीन कर्मचारी रंगेहात पक्राउ



काठमाडौं ।।  यात्रुको लगेज चोरी गर्दागर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तीन कर्मचारीहरु रंगेहात पक्राउ परेका छन्। महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्डले मंगलबार बेलुका तीन जना कर्मचारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा बिमल केसी, बिक्रम लामा, बिर्खराज बिक छन्। उनीहरु विमानस्थलमा लोडरका रुपमा काम गर्ने कर्मचारी भएको एसपी गणेश चन्दले बताए।

प्रहरीले उनीहरुलाई चोरी मुद्दामा कारबाही अघि बढाएको छ। उनीहरुले तीन वटा लगेज फुटाएर चोरी गरेका थिए।चार महिनाअघि पनि दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो। कर्मचारीहरुले नै चोरी गर्ने भएपछि प्रहरीले उनीहरुमाथि निगरानी बढाएको छ। विमानस्थलमा पटक पटक यात्रुको लगेज चोरी हुने गरेको छ।