२०७५ भदौ ४, सोमवार

कथा: यात्रामा भेटिएकी तरुनी !

April 14, 2018
253 Views
Spread the love
  • 87
    Shares

लेखक: – समीर प्रकाश पाण्डे

नेपालमा केही गर्छु र गर्नु पर्छ भन्ने मानसिकता भएका म जस्ता युवाहरूले नेपालमा आफूले सोचे जस्तो रोजगार नपाए पछिको अन्तिम रोजाई परदेश हुन्छ यही परदेशीहरूको भिडमा रोमलिएको देश प्रेमी युवाहरू मध्यको एक युवा म पनि हुँ । करिब तिन महिना भयो होला म राजधानीमा आउने जाने गर्न थालेको तर त्यो ठुलो हवाई जहाजमा चढ्ने अत्तो पत्तो छैन । आज भोलि त विदेश जान पनि निकै गार‍ो, शिक्षा मन्त्रालय देखि परराष्ट्र मन्त्रालय हुँदै एम्बेसी धाउनु पर्ने । खर्चको त कुरै नगरौँ भो । छाड्नोस् अब यी सब कुरा ।

एक दिनको कुरा हो म राजधानी बाट बुटवल फर्कँदै थिए बिहान पाँच बजेको गाडी चढे पछि मुग्लिङ नारणगढ सडक खण्डको जाममा परिँदैन भन्ने सोचका साथ बेलुका सुतेको म भुसुक्कै निदाएछु । बिहान ५:३०मा मात्र जागें बथरुम छिरेर मुख धुँदै त्यही पानीका हातले कपाल मिलाउए हतार हतार कपडा लगाई काठमाडौँको नयाँ बसपार्क तिर लागे बसपार्क पुगेर ७ बजेको टिकट लिए लु १ख ७५९३ नंम्बर को मिनी बसको बि साइडको ५नम्बरको सिट दिँदै गाडीवालाले गाडी भएको लोकेसन बताउँदै भन्यो ल उ त्यो गाडीमा गएर बस्नोस् , आज जाममा मज्जैले परिने भो मनमा यही कुरा खेलाउँदै हातमा भएको कालो लगेज घिसार्दै गाडी भए तिर लागें गाडीमा कोही थिएन म मात्र, बाहिर निस्किए पसलमा गए एउटा मार्वल वाईट चुरोट सल्काएं, एक बोतल पानी किने । ५/६ सर्का चुरोट ताने पछि गाडी तिर लागें र सिटमा बसे । म गाडीमा बसेको १/२ मिनेटमा एउटी युवती गाडीमा चढिन सेक्सी थिइन, यो सेक्सी कस्तालाई भन्छन् त्यो तपाईँ सँग आफै सोध्नोस् मलाई सोध्ने हैन नि फेरी ।

उनले आफ्नो हातमा भएको टिकट हेर्दै म तिर लम्किन थालिन , म पछि उनी गाडीमा आएको भएर होला उनको र मेरो नजर राम्रो सँगै जुध्यो म गोजी बाट मुबाईल निकाले र अनलाइनमा भएका साथीहरू हेर्न थाले यत्तिकै मा मेरो अग्रज दाजु, सबैका प्रिय लेखक दीपक घिमिरेलाई अनलाइनमा देखे धेरै भएको थियो हाम्रो कुरा कानी नभएको हेलो हाई नभनि सिधा भिडियो कल गरे।

दीपक दाइको माया लागेको हुनाले भिडियो कल त गरे तर गफिन मन लागेन, किनकि मेरो होस हवास उसको त्यो नजरले लुटिसकेको थियो ।

“दाइ नेट स्लो भयो , हेल्लो हेल्लो !” भन्दै मैले फोन काटे अनि उसलाई फेरि हेर्न थाले ।

उ लजाउदै आफ्ना नजर पछिल्लो सिटमा लगेर ठोकी । मैले यति बेला उसको शरीरभरि नजर डुलाउने मौका पाएं।

उ बत्तिस लक्षणले युक्त थिई , ठ्याक्कै स्वर्गकी अप्सरा जस्ती । उसले सिट खोज्न थालेपछि यता मोबाईला भाइब्रेसन गर्न थाल्यो । हेरे फेरी दीपक दाइकै रहेछ ।

“हेल्लो दाइ !” मैले रिसिभ गर्दै भने ।

फेरी उसले मलाई कोट्याउँदै भनी “एक्सक्युजमि ! म उता बसुम ?”

मैले दीपक दाइको कल उस्तै गरी काटे “हेल्लो, हेल्लो दाइ ! नेट स्लो छ यार । ”

अनि अलिकति उठेर उसलाई भने “छिर्नुस्”

राजमार्गमा कति यात्रा गरियो तर कहिल्यै आफ्नो सिट सङ्गै केटी मान्छेसँग परेको थिइन । आज भने भाग्यमा घाम लागेछ क्यार । उ मलाई टच गरेर भित्र छिरी, म कल्पनामा हराए । उसको कोमल शरीरले छुँदा म भित्र छुट्टै ऊर्जा पैदा भयो, म बेहोस जस्तै लठ्ठिएं। शरीरको छाला तन्कियो, रौँ ठाडा भए ।

उ झ्याल तीरको सिटमा बसिसकिछे, म चैँ उभिएकै अवस्थामा ।

मलाई आफैमा लाज लाग्यो । अनि झोला हेरेको बहाना गर्दै सिटमा बसे । उसले टम्म मिलेका दाँत देखाउँदै भनी “कहाँ सम्म हो तपाईँ ?”
अाखाँमा अाखाँ जुधाउदै मैले भन्ने “बुटवल” तपाईँ नि ?
गर्मी सुरु भएकोले वान पिस लगायकि उ हातले वानपिस तन्काउदै भनी “ म नि बुटवल नै हो ” तपाईँलाई कतै देखे जस्तो लाग्छ मलाई?  उसले प्रश्न गरी ,
ला अब बर्बाद भो यसले फेरि कहाँ भेटेको देखेको कुरा निकाली मैले पनि काला अोठ तन्काउदै भने “ होला कतै म काठमाडौँ आउने जाने गरीरहन्छु ”
ए होला सायद भन्दै उ झ्याल तिर फर्की …

यतिकैमा पत्रिका, पानी, बेड कभर एक हजारमा चार सेट, गुतपाक, मकै, काँक्रो के के हो के के बेच्ने मान्छे सरसर्ती गाडीमा छिरे । मैले भने अंग्रेजी खास्सै नबुझे पनि द हिमालयन टाइम्स किनेँ । पाना पल्टाउदै हेडलाइन र फोटा हेर्न थाले । गाडीमा मान्छे आउने क्रम जारी थियो कोही आफूलाई सिट मन नपरेको कुरो गर्दै थिए, कोही आफ्नो समान छतमा नराखिदिन गाडीवालासँग कराउँदै थिए । गाडीभरि मान्छे भरिए, बिस्तारै गाडी बुटवलका लागि हिँड्यो । बाटोमा गजपै हुनेभयो भन्दै मनमनमा गद्गद भए पनि आफ्नै सिट छेउकी सुन्दरीसँग अब के विषयमा कुरा गर्ने भन्ने सवालले मनमनै घोचिराथ्यो ।

गाडी कलङ्की गएर अडियो फेरी त्यसै गरी गाडीमा सरसर्ती कुरकुरे, घडी,चस्मा ,पानी बच्ने मान्छे सँगै एउटा गाईने दाइ हातमा सारङ्गी बोकेर छिरे र एउटा मार्मिक गीत सँगै सहयोग गर्न आग्रह गरे मैले पनि गोजीबाट एक सय रुपयाँ निकालेर दिएं र अर्को पानी बेच्ने भाइ सँग पानी लिएं।

उ सँग बोल्ने बाहानामा पानी पिने ? मैले भने, उ मुसुक्क हाँसेर नो थ्यान्क्स भनी । पानीको बिर्को खोलेर आफै पिएर साइडमा राखेँ । गाडी कलङ्की बाट हिँड्यो । यत्तिकैमा कन्डक्टर ड्राइभरतिर फर्किँदै भन्यो– ‘दाइ गीत लाउनु त ’ । ड्राइभरले “हे भेट भइयो यात्राको क्रममा, पुग्यो माया बिस्तारै चरममा, आज सँगै कहाँ हो काँ भोलि बस्यो माया नबोलि नबोलि” भन्ने गीत बजायो गीत बज्ना साथ उसले मलाई पुर्लुक्क हेरी र पिर्लिक अाखाँ मारी म यसै लठ्ठिएं।

थानकोट पुग्न केही बेर हुँदा मैले उसको नाम सोधें। मन्द मुस्कानसहित भनी– ‘रितु ठकुरी ” अनि तपाईँको ? मैले आफ्नो नाम बताएँ । उसले आफू बुटवल होराईजनमा पढ्दै गरेको बताई । मैले पनि आफ्नो असली घर, परिवार आफ्नो कामको बारेमा बताएँ ।

नौबिसे पुगुञ्जेल हामी आफ्नो जागिर, रुचि, मन पर्ने ठाउँ र आफ्ना मिल्ने साथीको बारेमा कुरा गर्दै थियौँ । गाडी खाजा खानलाई रोकियो, यात्रुहरू सरसर्ती अोर्लिन थाले । ऊतिर फर्किँदै सोधेँ, केही खाने हैन ?
बिहानै खाना खाकोले गाडीमा हिँड्दा केही खानै मन लाग्दैन नखाने र बाहिर पनि नओर्लिने कुरा उसले जनाई ।
मैले भने एकै छिन् भन्दै बाहिर ओर्लें । पिसाब फुत्केलाझैँ भइराथ्यो लुरुलुरु शौचालय गएँ । यो केटीलाई कस्तो पिसाब पनि नलाको होला पानी त पेलेकै छे मनमनै सोच्दै लिखिर लिखिर कम्मर मर्काउँदै गाडीतिर लागेँ । केही खानु भएन ? सीटमा बस्न नपाउँदै उसले प्रश्न गरी म नि के कम अाखाँ जुधाउदै मलाई बाटोको खाना खानै मन लाग्देन भने । एकै छिनमा सबै यात्रु आए, गाडी अगाडि बढ्यो ।

गाडीमा यात्रुहरू आफ्नो आफ्नो सुरमा थिए कोही कानमा एयरफोन घुसाएर अाखाँ बन्द गरेर निधाउन कोसिस गरे जस्तो देखिन्थे त कोही आफ्ना सिट पाटनर सँग गफिदै थिए । यतिकैमा मोबाईलको भाईब्रेसन बज्यो बुटवल बाट केटाहरूले ग्रुपमै बसेर कल गरेका रहिछन् । अोई कहाँ आइस मुला.. कल नि गर्देनस ठुलै स्वरमा चिच्चाए केटाहरू । तिमीहरूलाई के थाहा केटा हो दाइ यता मस्त छ, भन्नु मन थियो तर उ छ नि छेउमा भन्ने कुरै भएन, आउँदै छु यार निदाएछु भन्दै कुरा टारे, ल ल छिटो अाईजा र कल गर रमाइलो गर्नु पर्छ भन्दै फोन राखियो ।

फोन गोजीमा राखेर एकपल्ट पुलुक्क उसलाई हेरेँ टाउको पछाडि ढल्काएर आँखा चिम्म गरेर बसेकी रैछे । कतै निदाई कि भन्ने लाग्यो निदाई भने त कसरी उठाउने । यत्रो बाटो अझै बाँकी छ । मनमनै सुलसुले पसेजस्तो भयो । आट् नै गरेर बिस्तारै उसको काननेर मुख लगेर निदाउनु भयो कि क्या हो भने । मुस्सुक हाँस्दै टाउको उठाएर छैन, यत्तिकै भनी ।

गाडी टक्क अाडियो मुग्लिङ को बजार पुगेर अगाडिबाट कन्डक्टर चिच्चाउदै भन्यो ल जाम सुरु भो पाँच बजे मात्र खुल्छ । अाहिले बल्ल १२:१० भो ५ घण्टा सम्म अब हामी यहाँ के गर्ने हिड्नोस बाहिर निस्किम भन्दै उ र म गाडीबाट अोर्लिएर होटेल तिर लाग्यौ । ……
बाकी अर्को हप्ता ।

Facebook Comments
  • 87
    Shares

You may be interested

पत्रकार महासंघ भारत शाखाको विधान तयार
समाचार
0 shares9 views
समाचार
0 shares9 views

पत्रकार महासंघ भारत शाखाको विधान तयार

himal post - २०७५, ४ भाद्र १०:११

नयाँ दिल्ली। भारतमा रहेका नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ भारतले आइतबार आफ्नो विधानलाई अन्तिम प्रारुप दिएको छ ।…

कालिमाटीका ब्यापारीले सरकारी अनुगमन टोलीलाई थुने !
समाचार
0 shares9 views
समाचार
0 shares9 views

कालिमाटीका ब्यापारीले सरकारी अनुगमन टोलीलाई थुने !

himal post - २०७५, ४ भाद्र १०:०३

काठमाडौंको कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यापारीले कोठाभित्र थुनेका छन्। सोमबार विहान बजार अनुगमन गर्न गएको बाणिज्य…

अफगानी राष्ट्रपतिद्वारा युद्धविराम घोषणा
अन्तराष्ट्रिय
0 shares10 views
अन्तराष्ट्रिय
0 shares10 views

अफगानी राष्ट्रपतिद्वारा युद्धविराम घोषणा

himal post - २०७५, ४ भाद्र ०८:३१

काबुल– अफगानिस्तानका राष्ट्रपतिले युद्धविरामको घोषणा गरेका छन्। युद्धविरामको एकतर्फी रूपमा घोषणा गरेका राष्ट्रपति असरफ घानीले विद्रोही शान्तिका लागि तयार भएमा कुनै…