'ड्रग्स कारोबारी' यती समुहका मालिक जेल चलान - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

‘ड्रग्स कारोबारी’ यती समुहका मालिक जेल चलान



काठमाडौं – पछिल्लो समय बिबादित बनेको यती समुहका मालिक खैरो हेरोइनसहित पक्राउ परेर जेल चलान भएका छन्।

यति समुहका मालिक नवाङ पासाङ शेर्पा पुर्पक्षका लागी जेल चलान भएका हुन् ।

गत माघ १८ गते खैरो हिरोइनसहित चारजनालाई प्रहरीले पक्राउ गरेको थियो। त्यसमा उनी पनि परेका थिए।

शेर्पासहित अन्य चार जनालाई जिल्ला अदालत काठमाडौंले बिहीबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो।

शेर्पा यति समूहका तत्कालीन अध्यक्ष स्व. आङछिरिङ शेर्पाका कान्छा छोरा हुन्। उनि यसअघि नक्कली पाइलटको लाइसेन्स लिएको भन्दै सिआईबीको फन्दामा परेका थिए ।

शेर्पासहित चार जनालाई नेपाल प्रहरी गत माघ १८ गते प्रक्राउ गरेपनि घटनालाई गोप्य राखिएको थियो ।

काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दराज श्रेष्ठले नवाङसहित चारै जना जेल चलान भएको जानकारी दिएका छन् ।