पेशाको सुरक्षा गर्न यातायात मजदुरहरुकाे माग - Himal Post Himal Post
  • १७ चैत्र २०८१, सोमबार
  •      Mon Mar 31 2025
Logo

पेशाको सुरक्षा गर्न यातायात मजदुरहरुकाे माग



बिमल पुरी/ बुटवल । यातायात क्षेत्रमा सम्बद्ध कर्मचारीहरुले आफ्नो पेशागत सुरक्षाको लागि भेला र अन्तरक्रिया कार्यक्रम गरेका छन् ।

आफ्नो पेशालाई संकटमा पार्ने गरी सरकारले सिन्डीकेटको निति ल्याएको भन्दै बिरोध जनाएका छन् । बिहिवार बुटवलमा आयोजित प्रदेशस्तरीय मजदुरका अगुवा नेताहरुले ४० हजार भन्दा धेरै मजदुरहरु पेशा विस्थापीत बन्ने गरी सरकारले ७४ साल चेत १६ गते कार्य बिधी जारी गरेको आरोप लागएका छन् ।

सरकारले सिन्डीकेट खारेजको नाममा बर्षे देखी कार्यरत मजुदरहरुको भविस्य अन्यौलमा पारेको गुनासो गरेका छन् । लुम्बिनी अञ्चल यातायात सम्वद्ध कर्मचारी संधर्ष समितिले बुटवलमा आयोजना गरेको ५ नम्बर स्तरीय यातयात सम्वद्ध संघ आवद्ध मजुदर कर्मचारीहरुको भेला तथा बृहत छलफल कार्यक्रमा बोल्दै नेता मजुदुर नेताहरुले सरकारले ल्याएको निती गलत भएको बताएका हून् ।

उनीहरुले बर्षौँ देखि संघ तथा संस्थालाई बचाउन कर्मचारीहरुको विशेष भुमिका रहेकोले समितिले कर्मचारीलाई यसै बिर्सन नमिल्ने भनाइ समेत व्यक्त गरेका छन् । सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै संद्यर्ष समितिका सल्लाहकार बाबुराम अधिकारीले यातायत समितिका खाता रोक्का गर्दा कर्मचारीहरुले तलब खान नपाएको बताए ।

उनले खाता रोकिदा दिनहु हुने सवारी दुर्घटनामा कैयौ मानिसले अस्पतालमा उपचार पाउन नसेको अवस्था सृजना भएको बताए ।

कार्यक्रमा मजदुर संघ, सगठनका प्रदेश स्तरका नेताहरु हरि कार्कि , कृष्ण प्रसाद बेल्वासे , कृष्ण केडेल , आत्म सिह घर्ति , नारायण प्रसाद भट्टराई लगायत बोल्दै समितिमा आवद्ध कर्मचारीहरुको अस्तित्व सुरक्षित गर्नुपर्ने र मजदुरलाई पेशाबाट विस्तापीत गराए कडा आन्दोलन गर्ने चेताबनी दिएका थिए ।

कार्यक्रमको संचालन होमनाथ भट्टराईले गरेका थिए भने स्वागत प्रकाश गैरले गरेका थिए ।