यातायात कम्पनीहरू पनि सिन्डिकेटको विपक्षमा - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

यातायात कम्पनीहरू पनि सिन्डिकेटको विपक्षमा



सरकारले सिन्डिकेट नियन्त्रण गर्दै यातायात समिति खारेजीको निर्णय गरेपछि यातायात प्रालि सञ्चालकहरू उत्साही देखिएका छन्।  यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौ। लामो समयदेखि समितिको सिन्डिकेट झेल्दै आएका उनीहरू अब स्वतन्त्र रूपमा व्यवसाय गर्न पाउनेमा आशावादी देखिएका छन्।

पहिले सरकार बलियो नहुँदा लामो समय दुःख झेल्नुपरेको नमस्ते राप्ती यातायात प्रालिका अध्यक्ष वामदेव खनालले बताए।  ‘पहिले पनि सिन्डिकेट गर्न नपाउने नियम थियो। तर सरकारले कडाइ गर्न सकेको थिएन।

अहिले सरकारको उपस्थिति महसुस भएको छ,’ उनले भने, ‘अब हामी ढुक्कसँग व्यवसाय गर्न सक्छौं। स्वतन्त्र रूपमा व्यवसाय गर्ने अधिकार बल्ल संरक्षण भएको छ।’

यातायात समिति राजनीति गर्ने थलो मात्रै भएको गुनासो गर्दै खनालले अब प्रालिमार्फत् राज्यलाई आर्थिक लाभ हुने पनि बताए।