ग्यारेजमा गाडी थन्क्याएर बसेका व्यवसायीलाई झट्का ! - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

ग्यारेजमा गाडी थन्क्याएर बसेका व्यवसायीलाई झट्का !



सिन्डिकेटको विरोधमा यातायात बन्द गराएका व्यवसायीमाथि सरकारले कडा एक्सन लिने भएको छ ।

यातायात व्यवस्था विभागले सिन्डिकेटको पक्षमा आज गाडी नचलाउने व्यवसायीका रुट परमिट खारेज गर्ने बताएको छ ।

यातायात व्यवस्था विभागले देशभर गाडी नचलाउनेहरुको तथ्यांक संकलनको काम ग गरिरहेकाले विभागले आजै रुट परमिट खारेज गर्ने भएको हो ।

विभागका महानिर्देशक रूपनारायण भट्टराईले प्रशासन र प्रहरीबाट गाडी नचलाउनेको डाटा माग गरेको र सबै लगत आइसकेपछि आजै बेलुका विभागको बैठकले गाडी नचलाउनेको पर्मिट खारेज गर्ने बताएका छन् ।

विभागले यस अगाडि नै गाडी नचलाए एक दिनमै रुट परमिट खारेज गर्ने र नयाँलाई पनि त्यहीदिन पर्मिट दिने निर्णय गरेको थियो ।

विभागले पर्मिट खारेज गरेपछि सरकारले गाडी जफत गरेर चलाउने विषयमा तयारी गर्ने गृहसचिव प्रेमकुमार राईले बताए । उनले यातायात विभागले रुट पर्मिट खारेज गरेपछि के गर्ने भन्ने विषयमा छलफल गरेर अगाडि बढ्ने बताए ।

यसअघि गृह मन्त्रालयले गाडी नचलाए जफत् गरेर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका ड्राइभरलाई गाडी चलाउन लगाउने बताएको थियो । सशस्त्र र प्रहरीसँगै झन्डै २१ सय ड्राइभर छन् ।