चरम यातना पश्चात भारतमा एक नेपालीको हत्या ,दोषीलाई कारवाहीको माग गर्दै अभाने एकता मंचद्वारा दुतावासमा ज्ञापन
हिमाल पोस्ट /नयाँ दिल्ली
गत ४ जुलाईमा भारत हिमाचलको सिमलामा बालिका बलात्कार पछी हत्या गरि जंगलमा फालिएको थियो उक्त घटना छानबिनको लागि हिमाचलको शिमला कोटखाईको जङ्गलमा कार्यरत ६ नेपाली मजदुरलाई जेल चलान गरिएको थियो ।उक्त ६ जना मध्ये १ नेपालीको जेलमै यातना दिएर हत्या गरिएको छ ।
पीडितको परिवारले माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्चलाई निवेदन दिए पश्चात अखिल भारत नेपाली एकता मञ्च शिमला नगर समितिको पहलमा हिमाचलको मुख्यमंत्रीलाई ज्ञापन पत्र बुझाईएको छ । ज्ञापनपत्रमा दुबैजना पीडितका अपराधीलाई कड़ाभन्दा कड़ा कारबाईको माग समेत गरेका छन् । अखिल भारत नेपाली एकता मञ्च (दिल्ली, यूपी ,हरियाणा मध्यप्रदेश, उत्तराखन्ड छतीसगढ) संयुक्त क्षेत्रीय समितिका अध्यक्ष ज्ञान बहादुर केसी , सचिव अर्जुन दयाल , अखिल भारत नेपाली मञ्चका केंद्रीय स कोषाध्यक्ष हरि प्रसाद अर्याल लगायत एकता मञ्चको टीमले२८ जुलाई २०१७ दिन नेपाली राजदूतावास नई दिल्ली भारतका कार्यवाहक राजदूत भरत कुमार रेग्मीलाई ज्ञापन पत्र बुझाएको छ ।
भारतीय मिडिया अनुसार उक्त बालिकाको बलात्कार नभएको तर कोशिस मात्र गरिएको जनाएको छ ।
केन्द्रीय समिति सदस्यहरु सूर्य राना र यमलाल ओलीको सहयोगमा