यस कारण राजीनामा दिने तयारीमा छन् राजदुत उपाध्याय ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यस कारण राजीनामा दिने तयारीमा छन् राजदुत उपाध्याय !



 हिमाल पोस्ट /नयाँ दिल्ली ,असोज ८

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजीनामा दिने मनस्थिति बनाएको समाचार आए लगत्तै हामीले राजदुत संग सम्पर्क गरेका थियौ उहाँले  आफु पुन :राजनीतिमा आफूलाई सक्रिय बनाउन  पदबाट राजीनामा दिने बताउनु भयो  ।

उहाँले दशै लगत्तै काठमाडौ गएर अन्तिम निर्णय गर्ने र राजनीमा दिएर स्वीकृत गराएपछि राजनीतिक रुपमा आफना धाराणा राख्ने बताउनु भयो । उपाध्याय राजदूत हुनु भन्दा पहिले कपिलवस्तुबाट संविधानसभा निर्वाचनमा निर्वाचित हुनु भएको थियो  ।

उपाध्याय नेपाली काँग्रेसको सिफारिसमा भारतका लागि नेपाली राजदूत नियुक्त हुनु भएको हो र  राजदूत हुनु अघि उपाध्याय काँग्रेसको सक्रिय राजनीतिमा क्रियाशिल हुनुहुन्थ्यो  ।

केपी ओली सरकारमा उहालाई फिर्ता बोलाईएको थियो भने लगत्तै प्रचण्ड सरकारमा पुन:राजदुत बनाएर दिल्ली पठाईएको हो ।