याक नेपालद्बारा बाढी प्रभावित क्षेत्रमा खाद्यान्न सहयोग - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

याक नेपालद्बारा बाढी प्रभावित क्षेत्रमा खाद्यान्न सहयोग



कैलाली – परिवर्तनका लागी कार्यरत युवा समुह (याक नेपाल) ले बाढी प्रभावित क्षेत्रका स्थानीयहरुलाई खाद्यान्न सहयोग गरेको छ । कैलालीको भजनी नगरपालिका -३ मा बाढीबाट प्रभावित भएका ५९ घर परिवारलाई शनिबार खाद्यान्न सहयोग गरेको हो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी लामो समयदेखि गरिएको लकडाउन तथा बाढीबाट प्रभावित भएर चुल्हो समेत बल्न छाडेका ५९ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको याक नेपाल खाद्य अधिकार सवलिकरण परियोजनाका संयोजक देवी खनालले जानकारी दिए ।

उनले भजनी -३ का दैलेखी टोल र नयाँ बस्तीमा
प्रती परिवार २५ किलो चामल, २ किलो दाल , १ लिटर तेल, २ किलो नुन, २ पिस साबुन वितरण गरिएको जानकारी दिए । खाद्यान्न वितरण कार्यक्रममा भजनी नगरपालिकाका उप प्रमुख छाया देवकोटा ,वडा नं ३ का अध्यक्ष बिक्रम चौधरी, याक नेपालका महासचिव हृदय पुजारा, वडा सदस्य जयसरा वड लगाएको उपस्थिति रहेको थियो ।

सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा खाद्य अधिकारको दृष्टिकोणले जोखिममा रहेका समुदायको हकहितको लागि काम गरिरहेको याक नेपालले यसअघि पनि लकडाउनले जीवनयापनमा प्रत्यक्ष असर पारेको घरपरिवारलाई वितरण गर्नको लागि कैलालीको विभिन्न स्थानीयतहहरुलाई खाद्यान्न सहयोग गरेको थियो ।