४२ करोड नतिर्ने होटल याक एन्ड यतीको धम्की: मन्त्रीविरुद्द मुद्दा हाल्छौँ - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

४२ करोड नतिर्ने होटल याक एन्ड यतीको धम्की: मन्त्रीविरुद्द मुद्दा हाल्छौँ



काठमाडौं । होटल याक एन्ड यतीले पाँचतारे वर्गीकरण खोसेर होटल बन्द गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै याक एन्ड यतीले सञ्चालनमा नै नरहेको क्यासिनोको रोयल्टीबापतको रकम देखाएर वर्गीकरण खोस्ने र होटल बन्द गर्ने सरकारको निर्णय पूर्वाग्रहीपूर्ण रहेको भन्दै निर्णय फिर्ता लिन माग गरेको हो ।

निर्णय फिर्ता नभए कानुनी उपचारमा जाने उसले जनाएको छ । आफ्नो नाममा क्यासिनो नै नरहेको कम्पनीका कर्पोरेट सल्लाहकार रमन कर्णले जानकारी दिए । क्यासिनो संचालनलाई जुवा ऐनबाट हटाइ क्यासिनो नियमावली २०७० अन्तर्गत राखिएपछि याक एन्ड यतीले क्यासिनो नै सञ्चालन नगरेको उनको भनाइ छ ।

कर्णले पर्यटन मन्त्रालयले २०७१ वैशाख ५ मा पत्र लेख्दै याक एन्ड यतीमा सञ्चालित क्यासिनो इजाजतपत्र खारेज गरिएको जानकारी गराएको र क्यासिनो नियमावलीअनुसार याक एन्ड यतीले निर्धारित म्यादभित्र अनुमति पाउन कुनै निवेदन नदिएकाले अनुमतिपत्र खारेज भएको दाबी गरे । २०७१ मै इजाजतपत्र खारेज भएपछि होटल याक एन्ड यतीको नाममा आजका दिनसम्म क्यासिनो नरहेको कर्णले दाबी गरे ।

क्यासिनो रोयल्टी बापतको ४२ करोड २५ लाख रुपैयाँ पटकपटक ताकेता गर्दा समेत नतिरेको भन्दै सरकारले बुधबारको मन्त्रीस्तरीय निर्णयबाट पाँच तारे वर्गीकरण खोसेर होटल बन्दको निर्देशन दिएको थियो ।