एमालेको बन्दसत्रमा राष्ट्रपतिका सल्लाहकार बेहोस भएर ढले - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

एमालेको बन्दसत्रमा राष्ट्रपतिका सल्लाहकार बेहोस भएर ढले



चितवन । नेकपा (एमाले) को महाधिवेशनस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लालबाबु यादव बेहोस भएर ढलेका छन्। एमालेको बन्दसत्रस्थल अगाडि उनी एक्कासि बेहोस भएका हुन्। उनी एमाले केन्द्रीय सदस्य तथा महाधिवेशवन प्रतिनिधि हुन्।

चितवनमा आज बिहानैदेखि चर्को घाम लागिरहेको छ। बन्दसत्रस्थलअगाडि भीडभाड देखिएको छ। यद्यपि त्यहीँ उनको उपचार चलिरहेको छ। उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्।