राष्ट्रपति सी र प्रचण्ड भेट्दै: यस्तो छ तयारी - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

राष्ट्रपति सी र प्रचण्ड भेट्दै: यस्तो छ तयारी



काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ।

नेपालको राजकीय भ्रमणमा रहेका राष्ट्रपति सीसँग प्रचण्डले साढे १० बजे होटल सोल्टीमा भेट्ने कार्यक्रम छ।

भेटका क्रममा दुई मुलुकबीचको सम्बन्ध, समसामयिक विषयका साथै चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचकोे आपसी सम्बन्धबारे छलफल हुने बुझिएको छ।

दुई दिने नेपाल भ्रमणमा आएका राष्ट्रपति सीसँग शनिबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट गरेका थिए।