राष्ट्रपति 'सी'ले नेकपा सचिवालयका नेताहरुसँग के भने ? - Himal Post Himal Post
  • २२ पुष २०८१, सोमबार
  •      Mon Jan 6 2025
Logo

राष्ट्रपति ‘सी’ले नेकपा सचिवालयका नेताहरुसँग के भने ?



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच आइतबार बिहान सामूहिक भेटवार्ता भएको छ । 

होटल सोल्टीमा सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र प्रचण्ड नेतृत्वको नेकपा नेताहरुबीच सामूहिक भेटवार्ता भएको हो । 

भेटवार्तामा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका सहभागी छन् । सो भेटमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी छैनन् । 

सामूहिक भेटवार्तालगत्तै सी र प्रचण्डबीच पनि एक्लाएक्लै वार्ता हुने कार्यक्रम रहेको छ । 

शनिबार दुई दिने नेपाल भ्रमणको सिलसिलामा आएका सी आइतबार दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको छ।