सि जिनफिङको बोइङ आजै नेपाल ओर्लिने - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

सि जिनफिङको बोइङ आजै नेपाल ओर्लिने



काठमाडौं- यसपाली दसैँको बीचमै उत्तरी छिमेकबाट महत्वपूर्ण पाहुना आउँदैछन्।

उनलाई विदा गरेपछि फेरि राष्ट्रपति विद्या भण्डारी लगालग दुई देशको भ्रमणमा निस्कने कुराको पनि टुंगो लागेको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

चिनियाँ राष्ट्रपति सि जिनफिङ दसैँ समाप्तिको अघिल्लो दिन अर्थात असोज २५ गते नेपाल अवतरण हुने पक्का भएको छ।

दसैँ सकिने अर्थात् कोजाग्रत पूर्णिमाकै दिन काठमाडौँबाट लिल्ली या बेइजिङका लागि उनको बिदाइ हुनेछ।

सि अक्टोबर १२ तारिख, शनिबारको रात काठमाडौँमा रहनेछन्।

२५ गते सिसँगै बोइङ ७४७ को ८०० सिरिजका दुई जहाजमा २४ जनाको टोली काठमाडौँ ओर्लने छ।

सि सवार जहाज ओर्लिएको आधा घण्टापछि अर्को बोइङ काठमाडौँ एयरपोर्टमा ओर्लने तय भएको छ।

१० दिनपछि राष्ट्रपति बोकेर आउने एउटा जहाज डेमोट्रेसन उडानका लागि भने आजै काठमाडौँ ओर्लने छ।

सि आउनु दुई दिनअघि कार्गो फ्लाइट हुनेछ, बोइङ ७४७ को ४०० सिरिजको।

त्यसले ड्रोन, फ्रिक्वेन्सी जामर, चारवटा बुलेटप्रुफ गाडी र सुरक्षानिम्ति आवश्यक हातहतियार ल्याउने छ।

चिनियाँ जहाज पार्किङका लागि ६७८ र ७८९ पार्किङ वे छुट्याइएको छ।

ठूल्ठुला पखेटा हुने चीनका ती दुई जहाज राख्ने ठाउँमा नेपाल र बाहिरका चारवटा एयरबस र बोइङ अटाउँछन्।