सी जिनपिङले किमलाई दिए ४ लाख डलरको उपहार ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सी जिनपिङले किमलाई दिए ४ लाख डलरको उपहार ?



एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र पत्नी री सोल्जुलाई चीन भ्रमणबाट महङ्को उपहारका साथ बिदा गरिएको खबर सार्वजानिक भएको छ । चिनियाँ राष्ट्रपति शि जिङपिङले किमलाई पहिलोपटकको विदेश भ्रमणमा चीन आएकामा कृतज्ञता प्रकट गर्दै अत्याधिक महङ्गो मदिरा, फ्यान्सी कप  र गरगहना लगायत ४ लाख डलर बराबरको व्यक्तिगत उपहार दिइ पठाएको अन्तर्राष्ट्रिय संचार माध्यमले खुलासा गरेका हुन् ।

दक्षिण कोरियाली संचार माध्यम छोसुन इल्बोले उल्लेख गरेको रिपोर्टमा किमले जिनपिङबाट करिब ५ लाख युआन बराबरको विशाल ‘फ्लावर भास’ र चीनको सबैभन्दा उच्च गुणस्तरकोे पोर्सेलिन भाँडाहरु प्राप्त गरेको बताइएको छ । यसबारेमा चिनियाँ टेलिभिजनमा समेत जानकारी दिइएको थियो ।

यसका साथै जिङपिङले किमलाई विषेश मदिरा पनि दिएको बताइएको छ । उनले ३ लाख डलर भन्दा बढी मूल्यका ११ बोतल मदिरा किमसँगै उत्तर कोरिया पठाएका हुन् । ती मध्येका पाँच मदिरा १९८० भन्दा पुराना भएकाले अत्यन्तै मूल्यवान् रहेको चिनियाँ संचार माध्यमले जनाएको छ । त्यस प्रकारको पुरानो मदिरा दुर्लभ हुने भएकाले पनि त्यसको चिनियाँ मुल्य मात्र १० लाख युआन भन्दा बढी रहेको बताइएको छ ।

उता जिन पिङकी पत्नी पेङ लियुआनले पनि री सोल्जुलाई महङ्गा गरगहना र लुगाहरु उपहार दिएर पठाएको बताइएको छ । किम र सोल्जुले प्राप्त गरेको उपहार कूल २४ लाख युआन अर्थात् ४ लाख डलर बराबरको रहेको रिपोर्टले जनाएको छ ।

यस प्रकारका उपहारले संयुक्त राष्ट्र संघको प्रतिबन्ध उल्लंघन भएको पनि खबर गरिएको छ । यसअघि राष्ट्र संघले उत्तर कोरियामा कुनैपनि प्रकारका गहना वा पोर्सेलिनका भाँडाहरु बिक्री गर्न नपाइने निर्णय गरेको थियो ।

आणविक हतियार कार्यक्रम रोक्न किममाथि दबाब दिने उद्देश्यले नै राष्ट्र संघले उत्तर कोरियामा लक्जरी सामानमाथि प्रतिबन्ध लगाउँदै आएको छ ।

यसैकारणले जनवरीमा भएकोे प्योङछाङ ओलम्पिकमा सहभागी हुँदा समेत उत्तर कोरियाली खेलाडीलाई कुनै प्रकारको महङ्गो उपकरण प्रदान गरिएको थिएन ।

उता उत्तर कोरियाको आधिकारिक संचार माध्यमले पनि पछिल्लो दिनहरुमा चीनसँगको मित्रताले नयाँ गति लिएको भन्ने खबर प्रशारण गरिरहेको पाइएको छ । यस्तोमा चीन र उत्तर कोरियाबीच गोप्य रुपमा व्यापार भइरहेको आशंका पनि गरिएको छ ।