चीनको वुहान सहरमा पुनः लकडाउन - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

चीनको वुहान सहरमा पुनः लकडाउन



कोभिड–१९ सबैभन्दा पहिला फैलिएको चीनको वुहान सहरमा पुनः लकडाउन गरिएको छ। सहरको मुख्य क्षेत्रमा चार नयाँ संक्रमित फेला परेसँगै सहरमा लकडाउन गरिएको हो।

वुहानको जियाङ्जिया क्षेत्रमा चार जनामा कोरोनाको संक्रमण भेटिएको हो। यद्यपि उनीहरु कसैलाई पनि लक्षण भने देखिएको छैन। नयाँ संक्रमण देखिएसँगै उक्त क्षेत्रका मानिसहरुलाई तीन दिनसम्म घरमा नै बस्न निर्देशन दिइएको छ। जियाङ्जियामा करिब १० लाख मानिसको बसोबास छ।

चीनले कोभिड–१९ नियन्त्रणमा शून्य कोभिडको रणनीति अपनाइरहेको छ। जसअन्तर्गत उसले ठूलो संख्यामा कोरोना परीक्षण गर्ने, कडा आइसोलेसन र लकडाउन गर्दै आएको छ।

चीनको शून्य कोभिडको नीतिको कारण कोरोनाबाट मृत्यु हुनेको संख्यामा पनि उल्लेख्य कमी आएको छ। यद्यपि यो नीतिको कारण मानिसहरुले व्यवसायमा प्रतिबन्धको सामना गर्नुपरेको भन्दै विरोध पनि भइरहेको छ।

सन् २०२० को सुरुमा वुहानमा व्यापक मात्रामा कोरोना फैलिएसँगै सहरभर लकडाउन गरिएको थियो।