विश्वकप:अर्जेन्टिनाका लागि सुखद सुरुवात, मेस्सीले मिस गरे पेनाल्टी - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

विश्वकप:अर्जेन्टिनाका लागि सुखद सुरुवात, मेस्सीले मिस गरे पेनाल्टी



रसियामा जारी विश्वकपमा अर्जेन्टिना र आइसल्याण्डबिचको खेल एकएक गोलको बराबरीमा सकिएका छ ।

अर्जेन्टिनाका लागि सर्जियो अगुइरोले खेलको १८ औ मिनेटमा गोल गरे आइसल्याण्डका लागि अल्फ्रिड फिनबोगनसनले खेलको २४ औ मिनेटमा गोल गरेका थिए ।

विश्वकपमा पहिलो पटक छनोट भएको आइसल्याण्डले अर्जेन्टिनालाई कडा टक्कर दिएको छ । विश्वकप दाबेदार मानिएको अर्जेन्टिनाका लागि लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गर्न चुके ।

अर्जेन्टिनाका खेलाडीहरु फर्ममा देखिएनन् । उता पहिलो अनुभव संगालिरहेको आइसल्याण्डले भने अर्जेन्टिनामाथि दबाब बनाइ राखेको थियो । यो बराबरीसँगै अर्जेन्टिनाका लागि विश्वकप सुखद सुरुवात हुन सकेन ।