यो हो विश्वकपको लागि पोर्चुगलको टिम - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

यो हो विश्वकपको लागि पोर्चुगलको टिम



रुस विश्वकप २०१८ का लागि पोर्चुगलको टिम घोषणा भएको छ । सन् २०१६ मा युरोपक फुटबलको उपाधि जितेको पोर्चुगल अहिले विश्वकपको तयारीमा जुटेको छ ।

विश्वकप सुरु हुन एक महिना भन्दा पनि कम समय बाँकी रहेका बेला टिम घोषणा भएको छ । तर विश्वकपका लागि घोषणा गरिएको टिममा पोर्चुगललाई युरोकपको ऐतिहासिक उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलको धेरै खेलाडी छैनन् ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले युरोकप विजेता टिमका धेरै खेलाडीलाई विश्वकप टिममा समावेश गर्न नसक्दा दुःख लागेको बताएका छन् ।

टिममा नपर्नेमा नानी, आन्द्रे गोमेस र रेनाटो सान्चेज प्रमुख खेलाडी हुन् । लाजिओका नानी, बार्सिलोनाका गोमेज र बार्यन म्युनिखका सान्चेजले यो सिजन लोनमा बिताएका थिए ।

यस्तै युरोकप फाइनलको अतिरिक्त समयमा पोर्चुगलका लागि विजयी गोल गरेको एडर पनि टिममा परेका छैनन् । विश्वकपमा रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले पोर्चुगलको कप्तानी गर्ने छन् ।

युरोपको च्याम्पियन बन्ने बेला साथामा रहेका खेलाडीलाई विश्वकपमा समावेश गर्न नसक्दा दुःख लागेको प्रशिक्षक सान्तोसले बताएका छन्, उनीहरु सबै फुटबल इतिहासमा देशको नाम लेखाउने प्रमुख पात्र रहेको उनको भनाई छ ।

रोनाल्डो र लुइस फिगोपछि पोर्चुगलको टिमबाट धेरै खेल खेलेका नानी गएको वर्षको कनफेडेरेशन कपपछि राष्ट्रिय टिमबाट खेलेका छैनन् । पोर्चुगल विश्वकपका लागि स्पेन, मोरक्को र इरानसहित समूह बी मा रहेको छ ।

टिममा को को  ?
गोलरक्षक : एन्थोनी लोपेज, बेटो, रुइ पाट्रिसिओ

डिफेन्डर : ब्रुनो एल्वेस, सेड्रिक सोएरिस, जोसे फोन्टे, मारिओ रुइ, पेपे, राफायल गुएरिरो, रिकार्डो परेरा, रुबेन डिएस

मिडफिल्डर : एड्रियन सिल्भा, ब्रुनो फर्नान्डेस, जोएओ मारिओ, जोएओ माउटिन्हो, म्यानुएल फर्नान्डेस, विलियम कारवाल्हो

फरवार्डस् : आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, क्रिष्टियानो रोनाल्डो, गेल्सन मार्टिन्स, गोन्कालो गुएडेस, रिकार्डो क्वारेस्मा