हेर्नुहोस, 'नाइक'ले एक मिनेटमा ३८ लाख मुनाफा कमाउँछ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

हेर्नुहोस, ‘नाइक’ले एक मिनेटमा ३८ लाख मुनाफा कमाउँछ



विश्वमा केवल ६० सेकेण्ड भित्रैमा यस्ता धेरै घटनाहरु हुन्छन् जो सुन्दैमा अनौठा तथा कल्पनै गर्न नसकिने खालका समेत हुन्छन् ।

बजफीड, लिस्ट २५ लगायतका वेबसाइटहरुका अनुसार दुनियमा १ मिनेट भित्रमा यस्ता यस्ता घटना हुन्छन्ः

·       विश्वमा हरेक एक मिनेटमा भोकमरीका कारण १८ जना बच्चाको मृत्यु हुन्छ ।
·       विश्वमा हरेक एक मिनेटमा १५ जना अपांग बच्चा जन्मिन्छन् ।
·       विश्वमा हरेक एक मिनेटमा १६० जना मानिसको मृत्यु हुन्छ ।
·       चर्चित ब्राण्ड नाइकले हरेक एक मिनेटमा ३८ लाख रुपैयाँ मुनाफा कमाउँछ ।
·       हरेक मिनेटमा ५५ हजार ब्यारेल तेलको प्रयोग हुन्छ ।
·       मानिसहरुले एक मिनेटमा औषतमा १२ पटक परेला झिम्क्याउँछन् ।
·       एक मिनेटमा पृथ्वीमा ३६० पटक चट्यांग पर्दछ ।
·       पृथ्वीमा रहेकेा ९६ करोड टन पानी हरेक मिनेटमा वाफ बनेर उड्दछ ।
·       हरेक मिनेटमा दुनियाभर ४५ सय गोटा म्याकडोनाल्डका बर्गर खाइन्छ ।