महिलाले जन्माईंन ९ मिनेटको बीचमा ६ बच्चा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

महिलाले जन्माईंन ९ मिनेटको बीचमा ६ बच्चा



काठमाडौं । अमेरिकाको टेक्सासकी एक महिलाले ९ मिनेटको बीचमा ६ बच्चालाई जन्म दिएकी छन् ।

टेक्सासकी थेल्मा चियाका नामकी महिलाले शुक्रबार बिहान ४ः५० देखि ४ः५९ बजेकोे बीचमा ४ छोरा र २ छोरीलाई जन्म दिएको हफपोस्टले जनाएको छ । याे विश्वकै नयाँ रेकर्ड हाे ।

बच्चाहरुको तौल १ पाउण्ड १२ ग्राम औषधदेखि २ पाउण्ड १४ ग्रामसम्म रहेको छ । सबै बच्चाहरुको स्वास्थ्य अवस्था स्थिर रहेको र उनीहरुलाई अस्पतालको अत्यधुनिक नियोनाटल इन्टेन्सीभ केयर युनिटमा राखिएको छ । चियाकाले छोरीहरुको नाम जिना र जुरियल राखेकी छन् भने छोरोहरुको नाम भने अझै राख्न बाँकी रहेको समाचारमा उल्लेख छ ।