वडा कार्यालयद्बारा जगदम्भिके माबिलाई खेलकुद सामाग्री बितरण  - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

वडा कार्यालयद्बारा जगदम्भिके माबिलाई खेलकुद सामाग्री बितरण 



पदम ओझा / बौनिया ।
कैलालीको बर्दगोरिया गाउपालिका वडा नं ३ को कार्यालयले जगदम्भिके माबिलाई खेलकुद सामाग्री बितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि वडा कार्यालयले उक्त सामाग्री बितरण गरेको हो । वडा नंं ३ का अध्यक्ष कर्ने सुनारको अध्यक्षतामा भएको कार्यक्रम मा विद्यालयका अध्यक्ष र निमित्त प्र अ लाई खेलकुद सामाग्री का साथै प्रोजेक्टर र पंखा बितरण गरिएको हो ।

सो अवसरमा बोल्दै अध्यक्ष कर्ने सुनारले विद्यालयमा  गर्मिका कारण विद्यार्थीलाई पठन पाठनमा समस्या भएकाले पंखा बितरण गरिएको बताउनु भयो । साथै सुनारले यस ३ नं वडा लाई खेलकुदका माध्यमबाट चिनाउन सहज होस भन्ने उद्देश्यले क्रीकेट ब्याट,बल ,भलिबल ,फुटबल बितरण गरिएको बताउनु भयो । सुनारले बालबालिकाको पहिलो आवश्यकता शिक्षा भएकाले शिक्षा संगै खेलकुदको पनि बिकास होस भन्ने उद्देश्यले खेलकुद सामाग्रीका साथै शैक्षिक सामाग्री बितरण गरिएको बताए ।

वडा सदस्य टंक ओलिले सन्चालन गरेको कार्यक्रममा वडा कार्यालयले विद्यालयलाई कार्पेट ,किट बक्स,भलिबल ,फुटबल ,प्रोजेक्टर,रिङ्ग ,लुडो,चेस,मादल,बासुरी लगाएत पंखा बितरण गरेको हो ।