वडा अध्यक्ष चौधरीको पहलमा शिक्षकहरुको एक महिनाको तलब कटौती - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

वडा अध्यक्ष चौधरीको पहलमा शिक्षकहरुको एक महिनाको तलब कटौती



इश्वर जैसी/ सुखड ।

घोडाघोडी नगरपालिका वडा नं १२ नकफोडुवा रहेको राष्ट्रिय माध्मिक विद्यालयका प्र.अ लगाएत ६ जना शिक्षकको बैशाख महिनाको तलव कटौती गरिएको छ ।

वडा अध्यक्ष पर्ना चौधरीको प्रस्तावमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर चौधरीले नियमित विद्यालय नआउने र हाजिर लगाएर घर फर्किने गरेका राष्ट्रिय माध्मिक विद्यालय नकफोडुवाका  प्र.अ सन्तोस चौधरी लगाएत ६ जना शिक्षकको बैशाख महिनाको तलव कटौती गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष चौधरीले जानकारी गराएका छन् ।

अब उपरान्त यस्तो गल्ती आफुहरु बाट नहुने भन्दै शिक्षकहरुले माफी मागे पछि उनीहरुलाई नियमित विद्यालयमा उपस्थित हुने सर्तमा माफि दिएको वडा अध्यक्ष चौधरीले बताए । समाजलाइ राम्रो गराउन समाजका हरेक व्यक्ति शिक्षित हुन जरुरी भएकाले आफ्नो वडामा भएको शिक्षा क्षेत्रको व्यतिथिलाइ सकेसम्म हटाउन तर्फ आफू अग्रसर हुने भन्दै, उनले आफ्नो वडामा भइरहेका अन्य क्षेत्रको नीगरानी समेत गरिरहेको बताएका छन् ।