विश्वकै धनी गाउँ जहाँ हरेक व्यक्ति करोडपति छन् - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विश्वकै धनी गाउँ जहाँ हरेक व्यक्ति करोडपति छन्



हरेक गाउमा कोहि मात्र धनि मान्छे हुने गर्दछन । तर संसारमा यस्तो एउटा गाउ छ जहा सबै व्यक्ति धनि छन् । गाउँको नाम सुन्नेबित्तिकै धेरै मानिसको मनमा कच्ची घर, भत्किएका सडक, बिजुली–पानीको सुविधा नभएको तस्बीर आउँछ ।

विश्वमा यस्तो पनि गाउँ छ, जहाँको प्रत्येक मानिससँग आलिशान महल, टल्किने गाडी र खातामा दुई करोड रुपैयाँभन्दा बढी सम्पत्ति छ । कुनै काल्पनिक कथा होइन, यो चीनको एक वास्तविक गाउँ हो ।

चीनको जियाङसु प्रान्तमा रहेको हुवाक्सी गाउँलाई विश्वको सबैभन्दा धनी गाउँको रुपमा मानिने गरिएको छ । यो गाउँलाई चीनको ‘सुपर भिलेज’को रुपमा पनि चिनिने गरिएको छ ।

चीनको आर्थिक राजधानी संघाईभन्दा १३५ किलोमिटरको दूरीमा रहेको छ । यो गाउँमा एक दर्जनभन्दा बढी मल्टिनेसनल कम्पनीहरु रहेका छन् ।

यो गाउँ इतिहासमा भने यस्तो धनी थिएन । कुनै समय यो गाउँको मानिसहरु निकै गरिब थिए । यो गाउँलाई स्थानीय कम्युनिष्ट पार्टीका नेता वू रेनाबोले सफलताको शिखरमा पु¥याएका थिए ।

यो गाउँमा उल्लेख्य मात्रामा खेती पनि हुने गरेको छ । रेनाबोले सामूहिक खेतीलाई बढावा दिँदै अन्तर्राष्ट्रिय कम्पनीहरुलाई पनि आकर्षित गरेका थिए ।

अहिले यो गाउँमा विदेशी कम्पनीहरुले कराडौं डलर लगानी गरिरहेका छन् । धेरैजसो घरहरु एकै प्रकारका रहेका छन् र हेर्दाखेरी यो घरहरु कुनै होटलभन्दा कमका छैनन् ।

यो गाउँमा जुवा र लागूऔषधमा प्रतिबन्ध लगाइएको छ । गाउँका मानिसहरु मिडियासँग कुरा गर्दैनन् ।