प्रितमलाई स्वागत गर्ने भव्य तयारी - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

प्रितमलाई स्वागत गर्ने भव्य तयारी



चर्चित भारतीय रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’मा तेश्रो स्थान हासिल गर्न सफल इटहरी विश्वआदर्श स्कुलका विद्यार्थी प्रितम आचार्य आज सोमबार नेपाल फर्कँदैछन् । २० हजार प्रतिस्पर्धीलाई पछाडि पार्दै तेश्रो स्थानमा पर्न सफल उनलाई स्वागत गर्न इटहरीस्थित विश्वआदर्श स्कुलको कक्षा ७ मा अध्यन्नरत विद्यार्थीहरू काँकडभिट्टा प्रस्थान गरेका छन् ।

स्कुलकै अनुमतिमा कक्षा ७ का विद्यार्थीहरू र केही शिक्षकहरू प्रतिभावान् विद्यार्थी प्रितम आचार्यलाई स्वागतका लागि काकडभितता प्रस्थान गरेका हुन । स्कुलका विद्यार्थी र शिक्षकसँगै नगरवासीहरू पनि सोही स्कुलको ब्यवस्थापनमा प्रस्थान भएका हुन् । आचार्य इटहरीस्थित विश्वआदर्श स्कुलको कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।

इटहरीसँगै नेपालाई विश्वमा चिनाउन सफल प्रितमलाई स्वागत गर्न पाउँदा स्कुलका लागि मात्र नभई सिङ्गो नगरका लागि गर्वको कुरा रहेको विश्वआदर्श स्कुलका व्यवस्थापन समिति अध्यक्ष  लेखनाथ घिमिरे बताउछन् ।

यसै गरी ‘सारेगमप लिटिल च्याम्प’मा तेश्रो भएका प्रितमलाई स्वागत गर्नकै लागि इटहरीमा भव्य सांस्कृतिक कार्यक्रम सहितको प्रितम आचार्य एकल साँझ हुने भएको छ ।

(सगरमाथा अनलाइन)