गलत समाचार बनाएको भन्दै वेबसाइट बन्द गर्न सिफारिस - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

गलत समाचार बनाएको भन्दै वेबसाइट बन्द गर्न सिफारिस



काठमाडौँ — प्रेस काउन्सिलले भ्रामक समाचार लेखेको भन्दै ‘नेपालीआवाज डट नेट’ नामक वेबसाइट बन्द गर्न सिफारिस गरेको छ । वेबसाइटले न्युजिलान्डमा भएको विस्फोटको घटनाको तस्बिर प्रयोग गरेर नेपालमा भएको भन्ने समाचार सम्प्रेषण गरेको थियो ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले कहीं, कतै दर्ता नभएको अनलाइनलाई गैरजिम्मेवारीको निम्ति २४ घण्टे स्पष्टीकरण, कानुनी प्रावधान मिचेबापत वेबसाइट बन्ददेखि अफवाह फैलाएकोमा प्रशासनिक कारवाहीको निम्ति सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय भएको उल्लेख गरेका छन् ।