मनसुनी वायु परिवर्तन, यस्तो रहनेछ आजको मौसम - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

मनसुनी वायु परिवर्तन, यस्तो रहनेछ आजको मौसम



काठमाडौं- अहिले देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न ठाउँमा पानी पर्नेछ।

आज देशको पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि हल्का वर्षा हुनेछ।

अहिले पनि देशभर आशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज राति प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा मनसुनी वायुको प्रभावले हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।