वल्डकप: एक घण्टामै १ लाख बढी टिकट - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

वल्डकप: एक घण्टामै १ लाख बढी टिकट



रुसमा हुन गइरहेको विश्वकप फूटबलका लागि अतिरिक्त टिकट जारी गरिएको एक घण्टामै १ लाखभन्दा धेरै टिकट बिकेका छन् । शनिवार विक्री खुलेको एक घण्टाभित्रै १ लाख २० हजार टिकट बिकेका हुन् । अब केही म्याचका अतिरिक्त टिकट मात्रै विक्री गर्न बाँकी छ । बाँकी भएको टिकट पनि जुलाई १५ सम्म विक्री गरिने छ । यसको जानकारी फिफाडटकम/टिकट्स बेवसाइटमा दिइनेछ ।

यस वर्षको विश्वकपका लागि सन् २०१७ को सेप्टेम्बरमा टिकट विक्री खुला गरिएको थियो । त्यसयता अहिलेसम्म २५ लाखभन्दा बढी टिकट जारी भइसकेको छ । टिकट खरीदकर्ताले आफूले वल्डकप म्याच हर्न नभ्याउने भए सो टिकट यही फिफाको वेबसाइटबाट बेच्न सक्नेछन् । टिकट पुन: विक्रीका लागि फिफाडटकम/टिकट्स बेवसाइटमा छुट्टै प्लेटफर्म बनाइएको छ ।

फिफाको टिकट मूल्यसम्बन्धी नीतिअनुसार म्याचका टिकटको तीन थरी मूल्यका छन् । जसअनुसार तेस्रो श्रेणीको टिकटको मूल्य १ सय ५ डलरदेखि २ सय ८५ डलर तोकिएको छ । त्यस्तै, दोस्रो श्रेणीको १ सय ६५ डलर देखि ४ सय ८० डलर र पहिलो श्रेणीको टिकटको मूल्य २ सय १० डलरदेखि ७ सय ५० डलरबीच कायम गरिएको छ । उद्घाटन खेल र अन्तिम खेलको टिकटको मूल्य भने फरक रहनेछन् ।