फ्रान्सले स्थान सुरक्षित गरेसँगै सेमिफाइनल समीकरण पूरा - Himal Post Himal Post
  • २ कार्तिक २०८१, शुक्रबार
  •      Fri Oct 18 2024
Logo

फ्रान्सले स्थान सुरक्षित गरेसँगै सेमिफाइनल समीकरण पूरा



काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

अन्तिम क्वार्टरफाइनलमा साविक विश्वविजेता फ्रान्सले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेसँगै अन्तिम चारमा स्थान पक्का गरेका छ ।

फ्रान्सले अन्तिम चारमा स्थान बनाएसँगै कतार विश्वकपको अन्तिम चार टोलीको टुंगो लागेको हो । आजको खेलमा पहिलो हाफमा फ्रान्सका लागि १७ औँ मिनेटमा टचमेन्डीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५४ औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पायो, जसमा कप्तान ह्यारी केनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ७८ औँ मिनेटमा ओलिभर जिरुडको गोलबाट फ्रान्सले पुनः अग्रता बनायो ।

त्यसको केही मिनेटमै इंग्ल्यान्डले पेनाल्टी पाए पनि केन गोल गर्न असफल रहे । उनको प्रहार पोस्टभन्दा माथिबाट गएको थियो ।

अब सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सले पहिलोपटक सेमिफाइनल पुगेको मोरोक्कोसँग खेल्नेछ । यता, साविक उपविजेता क्रोएसियाले दुईपटकको विश्वविजेता अजेन्टिनाको सामना गर्नेछ ।