विश्वकप क्रिकेट छनौट कठीन, के छ सम्भावना ? - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

विश्वकप क्रिकेट छनौट कठीन, के छ सम्भावना ?



काठमाडौं- सिंगापुरमा जारी आइसीसी टी २० विश्वकपको एशिया छनोटमा कतारसँगको हार र मलेसियासँगको जितले नेपालले विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउने संभावना जिवीतै रहेको छ ।

कतारसँगको अप्रत्यासित हारपछि नेपाली टिमको विश्वकप खेल्ने लक्ष्यमा ठुलो धक्का लाग्ने भयो भन्ने आंकलन गरिएको थियो । तर मलेसियासँगको जितपछि टिमले पुनरागमन गरेको छ । तर नेपालले अन्तराष्ट्रिय स्तरमा जतिपनि सफलता हात पार्यो त्यो सजिलो किसिमले पाएको छैन ।

प्रायजसो प्रतियोगिताहरुमा नेपाली टिमले अन्तिम समयमा खेलमा फर्किदै सफलता हात पारेको छ । सिंगापुरमा जारी टी २० विश्वकप छनोटमा पनि त्यहि अवस्था आएको छ । प्रतियोगिता अगाडी बलियो टिमका रुपमा हेरिएको नेपाल कतार विरुद्धको हारपछि भने उसलाई फेरी पनि आफ्नो खेल जित्नुका साथै अरु टिमको नतिजामा पनि भरपर्नुपर्ने जस्तो देखिएको छ ।

नेपालले टी २० विश्वकपमा छनोट हुँदा होस, क्रिकेट लिग डिभिजन ३ जित्दा होस, एकदिवसिय मान्यता पाउँदा होस, सबैमा अन्तिम समयमा सबै समर्थकको मुटुको धडकनलाई तेज बनाएर जितेको छ । अब फेरी नेपाली क्रिकेट टिमका लागि सिंगापुरमा यस्तै यस्तै अवस्था आएको छ ।

नेपालले दुई खेलमा एक जित र एक हार ब्यहोरेपछि अब उसले बाँकि दुई खेल जित्नैपर्नेछ । त्यतिले मात्र पुग्ने छैन, यो प्रतियोगिताको शिर्ष स्थानमा रहने दावेदारमा रहेका सिंगापुर, मलेसिया र कतारले हार्नुपर्नेछ । त्यसपछि पनि नेपाल र अरु टिमको रनरेटलाई हेरीनेछैन । छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपालले अब तेस्रो खेल कुवेतसँग २७ र समूहको अन्तिम खेल आयोजक सिंगापुरसँग जुलाई २८ तारिख खेल्नेछ ।

नेपालले विश्वकप छनौटको सम्भावनालाई कायम राख्न प्रतियोगिताको बाँकी सबै खेल जित्नुपर्ने छ । फेरी एक पटक नेपाली टिमको भविष्य अरु टिमको हातमा र आफ्नो खेल्नमा गर या मरको अवस्थामा पुगेको छ ।

राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष टोली अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।