एकै खेलमा वार्नरले बनाए ३ सय रन - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

एकै खेलमा वार्नरले बनाए ३ सय रन



एजेन्सी- अस्ट्रेलियाका आक्रामक ब्याट्सम्यान डेबिड वार्नरले टेस्ट क्रिकेटमा पहिलो पटक तेहेरो शतक पूरा गरेका छन्। अस्ट्रेलिया भ्रमणमा रहेको पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा वार्नरले ३०० रन पूरा गरेका हुन् ।

३८९ बलमा ३७ चौकाको मद्दतमा वार्नरले ३०० रन पूरा गरे। ३३ वर्षीय वार्नरले टेस्ट क्रिकेटको १४९ इनिङ ब्याटिङ गर्दा ३०० रन पूरा गरेका अवस्थासम्ममा ६९१२ रन बनाएका छन् । उनी क्रिजमै यथावत छन्। यसबीचमा उनले २३ शतक र ३० अर्धशतक बनाएका छन् । यसअघि पनि वार्नरले एक पटक दोहोरो शतक बनाएका छन् ।

अस्ट्रेलिया–पाकिस्तान टेस्टको दोस्रो दिनको दोस्रो सेसन चलिरहँदा अस्ट्रेलियाले पाकिस्तानविरुद्ध विशाल स्कोर खडा गरिसहेको छ । यो खबर तयार पार्दासम्म ३ विकेट गुमाएर ५७९ रन बनाएको छ।

८ रन बनाउँदै पहिलो विकेटको रुपमा जोए बर्नलाई गुमाएको अस्ट्रेलियाका लागि वार्नर र मर्नुस लाबुस्चेज्नेले ३६१ रनको साझेदारी गरे । मर्नुस लाबुस्चेज्ने २६८ बलमा १६२ रन बनाएर आउट भए । स्टेभेन स्मीथले ३६ रन बनाए । अहिले वार्नरलाई म्याथ्यु वाडेले साथ दिइरहेका छन् । एक वर्षे प्रतिबन्धपछि टोलीमा फर्किएपछि सबै फम्र्याटका खेदमा वार्नरले शानदार प्रदर्शन गरिरहेका छन्।

२०१८ मार्चमा दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा अस्ट्रेलियाका खेलाडी क्यामरुन ब्यानक्रफ्टले ‘बल टेम्परिङ’ ९बल बिगारेको० प्रमाणित भएपछि अस्ट्रेलियाको क्रिकेट बोर्डले कप्तान स्मीर र उपकप्तान डेबिड वार्नरलाई पनि कारबाही गरेको थियो। गत मार्चमा १ वर्षे प्रतिबन्ध सकाएपछि स्मीथर र वार्नर दुवै राष्ट्रिय टोलीमा पर्किएका हुन्।