वार्नर र स्मिथले ठाउँ पाए: आरोन फिन्च आउट भए - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

वार्नर र स्मिथले ठाउँ पाए: आरोन फिन्च आउट भए



एजेन्सी – अगष्ट १ देखी इंग्ल्यान्डसँग सुरु हुने पाँच टेष्ट एशेज सिरिजको लागि अष्ट्रेलियाले आफ्नो १७ सदस्य टोली घोषणा गरेको छ ।

शुक्रबार घोषणा टोलीमा १६ महिना पछि पुर्व कप्तान स्टिभ स्मिथ, डेविड वार्नर र क्यामरन ब्यान्क्रफ्टले पुनरागमन गरेका छन् । यी तीनै खेलाडी अघिल्लो वर्ष साउथ अफ्रिकासँगको तेस्रो टेष्ट खेलमा बल टेम्पिरिङ काण्डका कारण एक वर्षको प्रतिबन्धमा परेका थिए । क्यामरनको पौष तथा स्मिथ र वार्नरको गत चैत्रमा प्रतिबन्ध हटेको थियो ।

वार्नर र स्मिथले इंग्ल्यान्डमा दुई हप्ता अघि सम्पन्न एक दिवसिय विश्वकप मार्फत वान डे क्रिकेटमा पुनरागमन गर्दै उत्कृष्ट प्रर्दशन गरि सकेका छन् । टोलीको कप्तानी टिम पेनले गर्ने छन् । वान डे तथा टेष्टका कप्तान आरोन फिन्च टोलीमा अट्न सकेनन् ।

अष्ट्रेलियाको टेष्ट टोली :
टिम पेन(कप्तान तथा विकेटकीपर),क्यामरन ब्यान्क्रफ्ट ,मार्कुस हरिस,जोसन हजलवुड,ट्रभिस हेड,उस्मान खवाजा,मार्नुस लदुसचनग,नाथन लायन,मिचेल मार्श,माइकल नेसर,जेम्श पैटिनसन,पिटर सिडेल,स्टिभ स्मिथ,मिचेल स्टार्क,म्याथु वेड,डेविड वार्नर ।