ज्वाला संग्रौलामाथि मुद्दै मुद्दा - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

ज्वाला संग्रौलामाथि मुद्दै मुद्दा



काठमाडौं- सामाजिक अभियन्ता भन्दै आतंक मच्चाउने ज्वाला संग्रौलामाथि अर्को मुद्दा लाग्ने भएको छ । उनको जन्मदर्ताको प्रमाणपत्र नै कीर्ते गरेको पाइएको छ । प्रहरीकै अगाडी दुर्ब्यबहार गरेको आरोपमा हिरासतमा रहेकी संग्रौलाको जन्मदर्ताको कागज खोज्दा नक्कली भेटिएको हो ।

समाजसेवाको नाममा अरूलाई धाम्क्याउने र गाली गलौज गर्ने गरेकी संग्रौला अहिले प्रहरीको ह्रसतामा छन्। प्रहरी स्रोतका अनुसार उनी अन्य काण्डमा पनि मुछिएको भेटिएको छ । उनीमाथि थप अनुसन्धान भैरहेको छ । प्रहरीकै अगाडी खुस्बु घिमिरेमाथि आक्रमण गरेपछि संग्रौलासहितका पाँच जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अनुसन्धानकै क्रममा उनले पाँचथरको हिलिहाङ गाउँपालिकाबाट कीर्ते गरेर जन्म दर्ताको प्रमाणपत्र बनाएको पाइएको प्रहरीले जनाएको छ । संग्रौला लागायत थुनामा परेपछि प्रहरीले पाँचथरको हिलिहाङ गाउँपालिकालाई पत्र पठाएर उनको विवरण माग गरेको थियो । गाउँपालिकाले विवरण उपलब्ध गराउने क्रममा ज्वालाले किर्ते गरेर कागजात बनाएको जनाएको छ ।

वडाअध्यक्षले ज्वालाले लिएको अविवाहिताको प्रमाणित सिफारिस र जन्मदर्ताको प्रमाणपत्र किर्ते भएको बताएका छन् । जुन प्रमाणपत्रमा अहिलेसम्म नभएका नभएका सचिवको नाम उल्लेख छ । ज्वालाले हुँदै नभएको सचिवको हस्ताक्षरसहितको सिफारिस लिएको देखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले १३ गते पत्र पठाउँदै संग्रौलाको विवरण उपलब्ध गराइदिन अनुरोध गरेको थियो ।

ज्वालाले हाल अस्तित्वमा नै नरहेको गाविस र हुँदै नभएको वडासचिवको हस्ताक्षरसहितको विवरण बनाएको देखिएको वडा सचिव नारायण प्रसाद ओझाले जानकारी दिएका छन् ।