वडाध्यक्ष नै जुवाको खालबाट पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

वडाध्यक्ष नै जुवाको खालबाट पक्राउ



काठमाडौं-सुनसरी-इटहरी उपमहानगरपालिका-१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

उनीहरुलाई गएराति सुनसरीको दुहवी-१२ बाट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले आज जानकारी दिए । विशेष सुराकीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाई आज जिल्ला अदालत इनरुवामा ७ दिनका लागि म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वडाध्यक्ष चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका-६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान ५ का ४० वर्षीय लालबहादुर चौधरी, सुनसरी गढी गाउँपालिका- ३ का ४२ वर्षीय रमेश चौधरी र ३९ वर्षीय जोगेन्द्र उराव रहेका छन् ।दुहवी-१२ मा रहेको गङ्गा चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । फाइल तस्बिर