वडा भेला सम्पन्न ,पुर्वाधार निर्माण नै मुख्य प्राथमिकता - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

वडा भेला सम्पन्न ,पुर्वाधार निर्माण नै मुख्य प्राथमिकता



सुखड । कैलालीको घोडाघोडी नगरपालिका- ४ ले वडा भेला सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७६।०७७ को योजना तर्जुमा सम्बन्धि तेस्रो वडा भेला माघि गाउमा शुक्रबार सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै वडा नं ४ का वडाध्यक्ष टेक बुढाले आउदो बर्षको योजनाका बारेमा जानकारी दिएका थिए । उनले गत बर्ष झै आउदो आर्थिक बर्षमा पनि बिकास निर्माणको काममा पुर्बाधार निर्माण नै पहिलो प्राथामिकतामा रहेको बताए । उनले भने, “साबिकको गाबिस मध्य रामशिखरझाला गा बि स पुर्बाधारको दृष्टिकोणले निकै पछाडि छ,त्यसैले पुर्बाधार निर्माणलाइ मुख्य प्राथामिकतामा राखेका छौ ।” प्रदेश सरकारले सम्मानजनक बजेट बिनियोजन गरेको थियो,संघ बाट कुनै बजेट पाएनौ ।” उनले थपे , “ बिजुलि बाट पनि निकै टाढा रहेको वडा नं ४ मा घोडाघोडी सामुदायिक ग्रामिण बिद्युत सहकारीले लिएको क्षेत्राधिकार कटौति गरीसकेका छौ, धेरै आशामा रह्यौ तर बिजुलि बलेन , अब आफै बाल्छौ ।” साथै सिमथरी माघि सडक कालोपत्रेको योजना २ बर्ष सम्म पनि सम्पन्न नहुदा टेण्डर रद्ध गरिसकेको र साउन भदौमा टेण्डर आह्वान गरी कालोपत्रे गरीने समेत अध्यक्ष बुढाले बताए ।

वडा भेलामा सहभागि अधिकांशले आ आफ्नो सुझाब दिएका थिए । सहभागीहरुले कसैलाई पनि काखा र पाखा नगरि समान रुपमा बजेट विनियोजन गर्नुपर्ने सुझाव दिएका थिए ।कार्यक्रममा बोल्दै समाजसेवि बम बहादुर सिंहले जनप्रतिनिधिले काम गर्ने शैलि परिवर्तन गर्न आवश्यक रहेको सुझाब दिए । चालु आर्थिक बर्षको सम्पन्न भएको योजनालाइ जनता संग प्रष्टाएर मात्रै नयाँ योजनाकको थालनि गर्नुपर्ने उनको भनाइ थियो । महत्वकांक्षी योजनाहरुलाइ मात्रै छनोट भएको बताउदै उनले प्रथामिकिकरण योजनाहरु मात्रै ल्याउनुपर्नेमा जोड दिए । त्यसैगरी समाजसेवि जनक साउदले सबैतिर समेटेर योजना छान्नुपर्ने बताए ।

कार्यक्रमका बिच २० जना जेष्ट नागरीकहरुलाइ सम्मान गरीएको थियो । महिला तथा बालबालिका शाखाबाट बिनियोजना गरीएको रकमले सम्मान गरीएको हो । छाता,ब्ल्यांकेट र टर्च लाइट बितरण गरी ज्येष्ट नागरीकहरुलाइ सम्मान गरीएको थियो ।

नगरपालिकाले १२ ओटै वडालाइ १ करोड रकमको योजनाहरु ल्याउनुपर्ने बताएको छ । वडा नं ४ मा चालु आर्थिक बर्षमा १ करोड २० लाख रकम बिनियोजन गरेको थियो ।