र्यापर भीटेनलाई एक वर्षसम्म कैद
काठमाडौं- पक्राउ परेका चर्चित र्यापर समिर घिसिङ ‘भीटेन’ एक वर्ष कैद हुन सक्ने जनाइएको छ । उनलाई बिहीवार पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार ‘अभद्र व्यवहार’मा उनीमाथि एक वर्ष कैद हुन सक्ने बताएका हुन् ।
यद्यपि उनीविरुद्धको मुद्दा भने सरकारी वकिलको कार्यालयले अदालतमा दर्ता गर्नेछ ।
गीतमा भएका शब्द र प्रहरीलाई उनले डन्ठे शब्दको प्रयोग गरेका छन् ।