ज्वालामुखी विस्फोट हुँदा ७ जना मृत्यु ३०० घाइते, विमानस्थल बन्द - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

ज्वालामुखी विस्फोट हुँदा ७ जना मृत्यु ३०० घाइते, विमानस्थल बन्द



एजेन्सी :ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको ज्यान गएको छ । उक्त ज्वालामुखीमा परी ३०० सय जना भन्दा बढी घाइते भएका छन् ।

ज्वालामुखी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैको गाउँमा विस्फोट भएको हाे । विस्फाेटपछि आकाशमा धूलो–धुँवा तथा खरानीकाे मुस्लाे उडेर भयावह देखिएको थियाे ।

आकाशमा फैलिएको धूलो–धुँवा तथा खरानीका कारण ला अरोरा विमानस्थल बन्द गरिएको छ भने त्यहाँको जनजीवन प्रभावित भएको छ । ग्वाटेमाला सरकारका अनुसार झण्डै १० लाख मानिस प्रभावित भएका छन् ।

सम्भावित जोखिमबाट जोगाउन मानिसहरूलार्इ सुरक्षित स्थानतर्फ सारिएको छ भने मास्क लगाउन तथा सतकर्ता अपनाउन अपिल गरिएको छ । ग्वाटेमालामा यसअघि पनि ज्वालाखुमी विस्फोटका घटना हुँदै आएका थिए । तर यो भने सन् १९७४ यताकै ठूलो भएको बताइएको छ ।